Subscribe Us

सरकार बचाउन ओलीसमक्ष नयाँ सर्त

काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएलगत्तै केपी ओली नेतृत्वको वर्तमान सरकार ढल्ने भनेर गरिएको हल्ला हल्लामै सीमित हुँदैछ कि यसको लागि भित्रभित्रै केही खिचडी पाक्दै छ ?

नेपालमा अस्थिरता बाहेक केही नचाहने बाह्य शक्ति र सत्ताबाहेक अरु केही पनि नदेख्ने कांग्रेस सभापति शेरबहादुर देउवा र व्यवस्थापिका संसद्मा पार्टी बलियो उपस्थितिका रुपमा रहेका बेला के योजनामा छन् यतिबेला ?
देशको वस्तुस्थिति र देउवाको सत्तामोहबारे जानकारहरुले यस्तै जिज्ञासा राखिरहेका बेला आन्तरिक र बाह्य शक्ति सरकार फेर्ने र नसके सर्त तेर्स्याएर ओली सरकारलाई नै निरनतरता दिने डिजाइनका साथ न्वारानदेखिको बल निकालेर भित्रभित्रै ग्र्याण्ड डिजाइन बनाउन सक्रिय बनेका छन् ।
र, ओलीले सर्त नमानेको खण्डमा सरकारलाई २०७३ जेठ कट्नै नदिने योजनाका साथ गुप्त चलखेल भइरहेका छन् ।
स्रोतका अनुसार, सरकार ढाल्ने योजनामा रहेका आन्तरिक र बाह्य पक्षले नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनसम्म कुर्ने र त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको संयुक्त गठबन्धनको सरकार ढाल्ने गरी गृह कार्य तीव्र बनाएका छन् ।
कांग्रेसको संसदीय दलको निर्वाचन सकिएलगत्तै चाँडोमा २०७३ वैशाखभित्रै र ढिलोमा जेठ महिना नकटाउने गरी ओलीको नेतृत्वको सरकार परिवर्तन गर्ने गरी आन्तरिक र बाह्य शक्ति ग्राण्ड डिजाइनमा उत्रिएको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीलाई सरकारमा रहिरहनका लागि केही सर्तहरु राख्ने तयारी बाह्य शक्ति केन्द्रहरुले गरेका छन् ।
बाह्य शकितले राख्ने त्यस्तो पहिलो र महत्वपूर्ण सर्त हुनेछ– नेपालमा हिन्दू राष्ट्रको स्थापना । यदि ओलीले यस्तो प्रस्ताव स्वीकारेर संविधान संशोधन गरेको खण्डमा भने ओलीकै नेतृत्वको सरकारले आमनिर्वाचन समेत गर्ने मौका दिइने छ । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments