Subscribe Us

दिल्लीमा देउवाको भेटघाटले काठमाडौंमा तरंग

काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु बढ्दो छ ।

एकजना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला । तर, देउवाको दिल्ली भ्रमण अनेक कारणले अनौठो देखिएको छ । मुख्य कुरा, उनले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख रजिन्दर खन्नासँग भेटेका छन् ।
Sherbahadur-Deuba_1
देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जेजस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । दिल्ली नेपालमा के चाहन्छ भन्ने एकसरो संकत यो भ्रमणका क्रममा मिलेको जानकारहरु बताउँछन् ।

नेपालालाई नाकाबन्दी लगाईंदा सत्ता र विपक्षका पार्टीहरु विभाजित भएका थिए । भारतको राज्यसभामा नेपाल सम्बन्धमा बेग्लै बैठक आयोजना गरेर सत्तापक्ष र विपक्षले जुहारी खेलेका थिए ।

अहिले विपक्षले नेपालमा मामिलामा सत्तापक्षको आलोचना गरेको सुनिँदैन । बरु, नेपालबारे उनीहरुले मिलेर खेलखेल्न थोको संकेत मिलेको छ । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments