Subscribe Us

बदलिएन दिल्लीको दिल

२७ चैत, काठमाडौं ।
साढे चार महिनाको नाकाबन्दी फिर्ता गरेर प्रधानमन्त्री केपी ओलीलाई रातो कार्पेट बिछ्याएर स्वागत गरे पनि नेपालप्रतिको भारतीय धारणा परिवर्तन भएको छैन । धर्मनिरपेक्षताको विषयमा बेखुस भारतले मधेसी नेतासँग काठमाडौंले समझदारी गर्न नसकेको विषयमा घोषित रूपमा असन्तुष्टि जनाएको छ ।

oli and modi

जेनेभा, लन्डन र ब्रसेल्ससम्मका छलफलमा असान्दर्भिक रूपमा नेपालका विषयलाई उठाउादै आएको भारत ओलीको चीन भ्रमणमा भएका सम्झौताबाट पनि सशंकित छ । तर, असन्तुष्टि कसरी अभिव्यक्त गर्ने भन्नेमा भने दिल्लीभित्रै पनि विरोधाभास छ ।

कर्मचारीतन्त्र हाबी, विदेशमन्त्री कमजोर
नेपाल–भारत सम्बन्ध सञ्चालनमा विदेशसचिव एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभाल हाबी छन् । संयोगवश ०२७ मा भारतले नेपाललाई नाकाबन्दी गर्दा जयशंकरका पिता एस सुब्रमन्यम विदेशसचिव थिए ।
विदेशसचिव जयशंकरको सेवाअवधि सकिएको छ, तर प्रधानमन्त्री मोदीले म्याद थप गरेर राखेका छन् । नेपाल मामिलामा सुष्मा स्वराज निरपेक्ष र जयशंकर अनुदार हुँदा समस्या छ ।

नेपाल–भारत सम्बन्धका जानकार सुधीन्द्र भदोरियाको विश्लेषणमा नेपाल र भारतबीच अहिले पनि संवादको कमी छ । ‘अझै पनि कताकता कम्युनिकेसन ग्याप देखिरहेको छु, यो लामो समय जानु दुवै देशको हितमा हुादैन,’ विदेशसचिव जयशंकरलाई नजिकबाट चिनेका भदोरियाले बताएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments