Subscribe Us

पचास हजार झ्वाम पार्न यस्तो चुरीफुरी

 काठमाडौं । राजधानी नजिकका जिल्ला काभ्रेमा कुनै कार्यक्रमको आयोजना गरेको देखाएर लाखौँ रुपियाँ झ्वाम पार्ने गरेको खबर नौलो होइन ।

त्यहाँ विभिन्न जातीय तथा अन्य संस्थाको नाममा रकम झ्वाम पार्नेको त होडबाजी नै चलेको छ भन्दा खासै फरक नपर्ला । त्यस्तै संस्थामध्ये तामाङ सञ्चार समुह पनि एक हो ।


 विगतका वर्षदेखि नै केही पैसा खान पल्केका संगठनका सल्लाहकार भनाउँदाहरले पदाधिकारीलाई नै जानकारी नदिई एउटा कार्यक्रम गरी पैसा झ्वाम पार्ने गरेको आरोप उनीहरुमाथी छ ।

जिल्ला विकास समिति काभ्रे र अन्य संघसंस्थाबाट कार्यक्रमको नाममा बजेट पारेर रकम झ्वाम पार्न पल्केकाहरुले यो वर्ष पनि आइ.एल.ओ. १६९ सम्बन्धि तालिम सञ्चालन गरी ५० हजार रुपियाँ झ्वाम पार्ने खेल खेलेको स्रोतको दावी छ ।

गत वर्ष पनि आधारभूत पत्रकारिता तालिमका नाममा ५० हजार रुपियाँ संस्थाका अध्यक्ष शिशिर दोङ, सल्लाहकार पेमा लामा तथा फोनिज काभ्रेका अध्यक्ष उजाड रक्तिमको मिलेमत्तोमा एउटा कार्यक्रमको नाममा कार्यसमितिलाई नै चित्त दुखाएर कार्यक्रमको समापन गरेको थियो ।

लामा र रक्तिम दुवैले तामाङ सञ्चार समुहमा सल्लाहकारको भूमिका निभाउनुपर्नेमा डाडु पनेउ नै लिएर सबै सञ्चार समुहको कार्यक्रममाथी हस्तक्षेप गर्ने गरेको तामाङ सञ्चार समुह काभ्रेका एक सदस्यले बताए ।

अध्यक्ष दोङ एस म्यान बन्दा सञ्चारकर्मीमाझ उनी आलोचित बन्न पुगेको स्रोतको भनाई छ । आइतबारबाट धुलिखेलमा शुरु भएको तालिमको बारेमा छलफल गर्न दोङले बैठक बोलाए पनि औपचारिकता मात्रै पूरा गर्न बोलाइएको बैठकमा नजाने भन्दै कार्यसमितिका सदस्यहरुले बैठक नै बहिष्कार गरेका थिए ।

जिविसबाट विनियोजित ५० हजार रुपियाँ झ्वाम पार्न आयोजित तालिममा कार्यसमितिकै अधिकांश सदस्यहरु अनुपस्थित रहेको बताइन्छ ।

Post a Comment

0 Comments