Subscribe Us

सिएमए पास गरेका चौधरी यसरी बने नक्कली नोटका कारोबारी,
तिन लाख नक्कली नोटसहित दुई पक्राउ

दोलखा । ३ लाख नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले नक्कली नोटका कारोबारी दोलखाका पूर्णबहादुर विक र डुमरिया १, रौतहटका लोकेन्द्र चौधरीलाई उक्त रुपैंया सहित पक्राउ गरेको हो । 

प्रहरीले उनिहरुको साथबाट एक हजार दरका दुई लाख ८३ हजार नक्कली नोट समेत पक्राउ गरेको हो । पक्राउ परेका कारोबारीलाई जिल्ला प्रहरीले सुक्रवार पक्राउ सार्वजनिक गरेको छ । 

बरामत भएको उक्त नोटमध्ये लोकेन्द्र चौधरीको साथबाट एक लाख ८३ हजार र विकको साथबाट एक लाख रुपैयाँ बरामद भएको प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनीहरुलाई मुलुकी ऐन २०२० को खोटा चलनको महल अन्तर्गत सुक्रवार नै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

सिन्धुलीमा भाँडा बनाउने पसल गर्दै आएका विक पछि मलेसिया गई १२÷१३ लाख कमाएर ल्याएको र त्यो रकममध्ये १० लाख रुपैयाँ पर्ने सुनको मूर्ति किन्दा पित्तलको परेर ठगिए । आफूसँग बाँकी रहेको रकम र ऋण काडेर फेरि भाँडा पसल खोले उनी भाँडा पसलबाट घाटा भई डुबेपछि निजगढमा गई अर्काको भाँडा पसलमा काम गर्न थाले । बारामा बस्दा दिदीको घर रौतहट आउजाउ गर्ने क्रममा लोकेन्द्र चौधरीसँग भेट भई नक्कली नोटको कारोबारमा लागेको प्रहरी अनुसन्धाबाट खुलासा भएको छ । 

सिएमए पास गरेका चौधरीले २०५८ सालमा रौतहट डुमरियामा पीएचसी नामको आफ्नै क्लिनिक खोलेर बसेकोमा २०६४ मा क्लिनिक छाडी साझेदारीमा जानकी अस्पताल खोलेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जानकी अस्पताल पनि डुबेपछि भौँतारिएर हिँड्ने क्रममा पूर्णबहादुरसँग भेटघाट र हिमचिम भई उनीहरु नक्कली नोटको कारोबारमा लागेका हुन् ।

प्रहरी अनुसन्धान अनुसार लोकेन्द्र चौधरीले रौतहटका असिमिया अन्सारीबाट ६ लाख रुपैयाँ नक्कली नोट गत माघ महिनामा लिएको र पूर्णबहादुर विकलाई डेढ लाख रुपैयाा लिनेगरी दिएका थिए । उनीहरुबाट प्रहरीले करिब ३ लाख रुपैयाँ बरामद गरे पनि बाँकी तीन लाख बढी नक्कली नोट अझै बजारमा जाने खतरा रहेको प्रहरीले जनाएको छ । त्यसका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई मुलुकी ऐनको खोटा चलनको महलअनुसार कारबाही भएमा विगो बराबरको जरिवाना वा १० वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने पनि प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

0 Comments