Subscribe Us

नेपाली भूमिमा भारतीय क्रसरको रजाइँ

काठमाडौं । सुरक्षा निकाय र प्रशासनको पहुँच थोरै मात्रै रहेको झापा-इलाम सीमाक्षेत्रस्थित मेची बगरबाट भारतीयले निर्माण समाग्री तस्करी गरिरहेका छन् ।

भारतीय क्रसर सञ्चालकले रातको समयमा नेपाली भूमिबाट ढुंगा ओसारिरहेका अाजको नागरिक दैनिकमा समाचार छ ।
baluwa-2
सोमबार बिहान साढे ५ बजे बाहुनडाँगी ९ तिरिडस्थित चौकीडाँडानजिकै चारवटा भारतीय ट्रकले नेपाली भूमिबाट ढुंगा भरेको स्थानीयले बताए । 

उनीहरुका अनुसार यो क्रम केही महिनादेखि जारी रहेकेा बताए । भारतीय पक्षले माथी नै कुरा मिलाएको भन्दै स्थानियलाई बताउँदै आएका छन् । साँझको समय र बिहान उज्यालो नहुँदै भारतीय ट्रकले नेपाली भूमिबाट निर्माण सामाग्री लैजाने गरेका छन् ।

Post a Comment

0 Comments