Subscribe Us

५० लाख रुपैयाँ सहित लागू औषध एम्फेटामाइन कारोवारी पक्राउ

काठमाडौँ, २१ बैशाख । प्रहरीको लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको बिशेष प्रहरी टोलीले लागू औषध एम्फेटामाइन मुद्धामा फरार रहेका धादिङ सत्यदेवी–८ का पूर्ण बहादुर पाख्रिन तामाङलाई पक्राउ गरेको छ ।

तामाङलाई प्रहरीले बैशाख १७ गते काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१२ निलोपुलबाट पक्राउ गरेको हो । तामाङ काठमाडौँ र नुवाकोटको विभिन्न स्थानहरुमा लुकिछिपी रहदै आएका थिए । तामाङले धादिङ सत्यदेवी–८ राकचोक घर भई टोखा नगरपालिका–१५ डेरा गरी बस्ने २६ बर्षीय नेत्र गुरुङ र २१ बर्षीय चित्र तामाङ मार्फत थाईल्याण्डबाट ल्याउन लगाएको अवैध लागू औषध एम्फेटामाइल ३०२ ग्राम गत चैत ३० गते गुरुङको साथबाट बच्चाको खेलौना, सुटकेशको डन्डी, क्रिमको डव्वाहरुमा लुकाई छिपाई राखिएको अवस्थामा व्यूरोको टोलीले फेला पारेको थियो । 

तामाङले पक्राउ परेका नेत्र गुरुङ, चित्र तामाङ लगायतका अन्य व्यक्तिहरुलाई समेत लागू औषध ओसारपसारको लागि थाईल्याण्ड पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तामाङले व्यूरोमा अनुसन्धान भइरहेको आप्mनो मुद्धा मिलाउनको लागि मुद्धाका सम्बन्ध पक्षलाई ५० लाख रुपैया दिन एक व्यक्तिलाई प्रयोग गरेका थिए । व्यूरोले गरेको अनुसन्धानबाट निज व्यक्तिमाथि निग्रानी र सोधपुछ पश्चात निज स्वयंले बैशाख ९ गते ४९ लाख रुपैया व्यूरोमा दखिला गरेका हुन् । 

उक्त रकम मध्यको १ लाख एक बित्तीय संस्थामा रहेकोले सो रकम तत्कालै रोक्का गरिएको छ । पहिले देखि नै पूर्णसंग आर्थिक कारोवार भएका निज व्यक्तिको व्यक्तिगत सुरक्षालाई मध्यनजर गरी निजको नाम समेत गोप्य राखिएको छ । तामाङका सहोदर दाजु धर्म बहादु तामाङ सन् १९९९ मा थाईल्याण्डमा गएका थिए । लागू औषध ओसारपसारको लागि धर्मले भने बमोजिम पूर्णले नेपालबाट विभिन्न व्यक्तिहरु थाईल्याण्ड पठाउदै आएका थिए । 

Post a Comment

0 Comments