Subscribe Us

म भू–माफिया र गुण्डा होईन

श्रीमान सम्पादक ज्यू
अपराधखबर डटकम अनलाईन पत्रिका
महोदय, गत बिहिवार तपाईको लोेकप्रिय अनलाईन पत्रिका अपराधखबर डटकममा भू–माफिया लामाको गुण्डागर्दी नामक शिर्षक राखि प्रकाशित भएको समाचार प्रति मेरो गम्भिर ध्यान आकर्षण भएको छ । समाचारमा प्रकाशित भएजस्तो म भू–माफिया र गुण्डा होईन ।

 मेरो चरित्र हत्या गर्ने उदेश्यले सम्पादक ज्यूलाई भ्रममा राख्दै उक्त समाचार प्रकाशित भएकोे हुन सक्ने अनुमान मैले लगाएको छु । मेरो प्रगती देखेर मेरो डाह रिश गर्ने कोही कसैले सञ्चार माध्यम र पत्रकारिताकै बदनाम हुने गरी सम्पादक ज्यू सम्म यो कथित सुचना पुर्याएको हुन सक्ने अनुमान मैले लगाएको छुु । मैले बिशुद्ध जग्गाको कारोबार गर्दै आएको छु ।

 समाचारमा प्रकाशित भएजस्तोे मैले कुनै गुण्डाको समुह प्रयोग गरेर कसैलाई थर्काउने र कुटपिट गर्ने गरेको छैन् । यदि गरेको भए मलाई कानूनले छाड्ने पनि थिईन होला । समाचारमा पकाशित गर्दा गुण्डाकोे नामबाट नामकरण गरिएका  गोर्खाका मनाङ्गे र सिन्धुपाल्चोकका दिपक लामा र सोम लामा गुण्डा नभई मेरा साथी भाई हुन । उनिहरुको सहयोगमा जोरपाटी, नारणटार, मूलपानी थलीलगायतका क्षेत्रमा गुण्डागर्दी सुरु गरेको भन्नु बिल्कुलै दुःख मनाउकोे बिषय हो ।

 पार्यजसो तलक्षिङको जग्गा किन्ने र मोहीलाई कुटपीटि तथा पेस्तोल देखाएर सस्तोमा जग्गा हड्बन भनेर म माथी लगाईएको आरोप निराधार रहेको सम्पादक ज्यूलाई जानकारी गराउछु ।  जग्गाको बिबादमा चार बर्ष अगाडी कृण्ण लामा माथी भएको हातपातमा मेरो कुनै संगल्नता छैन । 

समाचारमा गुण्डा भनि नाम करण गरिएका सोम लामा नेपाली काग्रेस पाटीको सक्रिय युवा नेता हुनु हुन्छ । त्यस्तै समाचार पूर्ब एआईजी मदन खड्का र कल्याण तिमल्सेनालाई समेत बदनाम गर्न खोजिएको देखिन्छ । म गलत धन्दामा नभएको कारण उहाँ हरुले मलाई संरक्षण गर्नु पर्ने कुनै कारण छैन ।
                                      
                                                                                                                              श्माम लामा
                                                                                                                            जोरपाटी काठमाडौं ।

Post a Comment

0 Comments