Subscribe Us

सरकार नफेरिएपछि मन्त्री फेर्ने गृहकार्यमा एमाओवादी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी थालेको छ ।
UCPN-Maoist-Meeting-1
पदाधिकारीले गरेको निर्णयले सिंगो पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला एमाओवादीले मन्त्री परिवर्तन गर्ने गृहकार्य गरेको हो । सात महिना बितिसक्दासमेत सरकारमा सहभागी ८ मन्त्रीहरुले जनताको समस्यालाई सम्बोधन गर्ने गरी काम गर्न नसकेको भन्दै फिर्ता बोलाउने तयारी भइरहेको एक नेताले बताए । 

Post a Comment

0 Comments