Subscribe Us

घर-घरमा ग्यास पुर्याउने प्रधानमन्त्रीको योजना विफल

काठमाडौं । उपत्यकाको पाकृतिक ग्यास उत्खनन गरी राजधानीवासीको घर–घर पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना विफल हुने भएको छ ।

भारतीय नाकाबन्दीका कारण ग्यास अभावले पीडित राजधानीवासीलाई प्रधानमन्त्रीले घर–घरमा पाइपलाइनबाट ग्यास वितरण गर्ने महत्वकांक्षी योजना सुनाएका थिए ।
KP-Oli-2
प्रधानमन्त्रीको योजनाले ‘जोक्स’ को संज्ञा पाएपछि उद्योग मन्त्रालयले खानी तथा भूगर्भ विभागलाई राजधानीका सम्भावित स्थान तत्काल अध्ययन गरी ग्यास प्रयोगमा ल्याउन निर्देशन दिएको थियो ।
अध्ययनका क्रममा ग्याव उत्खनन र वितरण हुन सक्ने नदेखिएको विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

Post a Comment

0 Comments