Subscribe Us

सीआइबीको घेरामा १७ हजार डाक्टर,
दुई दर्जन पाईलटले दिए राजीनामा,

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले भटाभट नक्कली डाक्टर पक्राउ गरी योग्यताको प्रमाणपत्र छानविन गर्न थालेपछि कोकोहोला मच्चिन थालेको छ । 

बारम्बार नक्कली शैक्षिक योग्यताधारीहरु पक्राउ परेपछि सीआइबीले १७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र जफत गरी छानविनको दायरामा ल्याउने तयारी गरेको छ । त्यसमा तीन हजार नक्कली हुने आँकलन सीआइबीको छ । 

सीआइबीको ‘क्वाक’ अप्रेशनमार्फत चार दर्जनको हाराहारीमा नक्कली डाक्टरलाई नियन्त्रणमा लिएपछि सरकारी र प्राईभेट सेक्टरमा खैलाबैला मच्चिएको हो । सिआईबीले गत शुक्रवार काठमाडौं र तराईका केही जिल्लाबाट नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा डाक्टर बनेका तिन दर्जनलाई नियन्त्रणमा लिएपछि अन्य क्षेत्रमा समेत आतङ्क फैलिएको छ । यसअघि सिआईबीले १७ जना नक्कली डाक्टरलाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । 

१७ हजार डाक्टर मध्ये करिब तीन हजारको विभिन्न तहको प्रमाणपात्रहरु नक्कली भएको सुचना पाएपछि सिआईबीले अप्रेशन क्वाक नाम दिएर अनुसन्धान सुरु गरेको थियो । जुन अप्रेशनबाट ५३ जना नक्कली डाक्टर कानूनको फन्दामा परीसकेका छन् ।

सिआईबीका प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा खटिएको टोलीले गत शुक्रवार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगञ्जकै नेसनल मेडिकल कलेजबाट चार, निजी क्लिनिकबाट दुई डाक्टरलाई नियन्त्रणमा लिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगञ्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको सिआईबीले जनाएको छ । पक्राउ परेका सबैले नक्कली शौक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेको उजुरी परेपछि सिआईबीले अनुसन्धान थालेको थियो ।

 अनुसन्धानको क्रममा उनिहरुको बिभिन्न तहको शैक्षिक योग्ताको प्रमाण पत्र नक्कली भएको पाइएपछि नियन्त्रणमा लिएको सिआइबीले जनाएको छ । नियन्त्रणमा लिने क्रममा अधिकांश डाक्टरहरु बिरामीको शल्यक्रियामा व्यस्त थिए । पक्राउ पर्नेमा विराटनगरका चर्चित तीन जना डाक्टर समेत रहेका छन् । जसमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ डाक्टरको रुपमा काम गर्ने जावेद अख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् । 

यस्तै, शैक्षिक प्रमाणपत्र नक्कली बनाई डाक्टरको काम गर्दै आएका  रजनी अग्रवाल, सुनिल आचार्य र  राजन पुरी पनि पक्राउ परेका छन् । काठमाडौंबाट नेकपा एमालेसँग राम्रो सम्बन्ध बनाएका कान्तिपुर डेन्टल कलेजका अध्यक्ष बुद्धिमान श्रेष्ठ समेत पक्राउ परेका छन् । श्रेष्ठ डाक्टर डेन्टल संघका महासचिव समेत हुन् । उता नेपाली काग्रेसका नेता रामशरण महतको बुहारी निलिमा खड्का महत समेत नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी डाक्टर बनेको आरोपमा सिआईबीको फन्दामा परेकी छिन् । जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमाको कारण यतिखेर महत परिवार तनाबमा छ ।
वैवाहिक जीवनमै खटपट
नक्कली डाक्टर पक्राउ प्रकरणले कतिपयको वैवाहिक जिवनमै खटपट निम्त्याएको छ । कसैको श्रीमान् र कसैको श्रीमती पक्राउ परेपछि सिआईबी पुगेकाले यस्तो गुनासो गरेका हुन् । एक दशक भन्दा अगाडी देखी वैवाहिक जीवनमा बाँधिएका डाक्टर दाम्पतीहरुले आफ्नो श्रीमान् र श्रीमतीको असली रुप बल्ल थाहा पाए जब सिआइबीले नक्कली डाक्टरको आरोपमा उनिहरुलाई पक्राउ ग¥यो । सिआईबी पुगेका कतिपयले यस्तो थाहा पाएको भए आफूले बिवाह नै नर्गेने गुनासो सिआईबीका अधिकारीसँग गरेको स्रोतले बतायो ।

पाईलटको भागाभाग
सिआईबीले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर डाक्टर बनेकालाई कानूनको दायरमा ल्याउन थालेपछि दुई दर्जन भन्दा बढी पाईलटले राजिनामा दिएका छन् । राजिनामा दिनेमा यति र बुद्धका अधिकांश रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार डाक्टर झै आफूहरु पनि सिआईबीको फन्दामा पर्ने डरले उनीहरुले राजिनामा दिएको स्रोतको दाबी छ । एक्कासी यत्रो संख्यामा राजिनामा दिनु नक्कली शैक्षिक प्रमाण पत्र भन्दा अरु केही हुन नसक्ने स्रोतको दाबी छ

‘मेडिकल सेक्टर क्लिन पार्छु’ ःडीआईजी सिलवाल

भावी आईजीपीको रुपमा हेरीएका सिआईबीका निर्देशक तथा डिआईजी नबराज सिलवालले सेतो कोट भित्र लुकेको कालो धब्बालाई क्लिन पार्न नेपाल प्रहरी लागि परेको बताएका छन् । ‘डाक्टर भन्ने शब्दले ईज्वतदार र जिम्मेवार व्यक्तिको चित्रण गर्छ’,डिआईजी सिलवाले भने,‘यस्तो मर्यादित पेशामा भित्रिएको विकृती सदाका लागि अन्त्य हुन जरुरी छ । यसलाई यतिकै छाड्ने हो भने यसले एवटा बिकराल रुप लिने उनको भनाई छ । ‘मृत्युको शैयामा पुगेकालाई नया जिवन दिने डाक्टरलाई हाम्रो समाजामा भगवानको रुपमा हेरिन्छ । त्यहि भगवानको समुहमा एवटा राक्षस नक्कली भगवान बनेर छिरेर उदण्ड मच्चायो भने सबै भगवान कलंक बन्न सक्छन्’, सिलवालले भने,‘सबै नक्कली डाक्टरलाई कानूनी दायरामा नल्याएसम्म असली डक्टरको ईमान्दारीतामा समेत प्रश्न खडा हुन्छ ।’
जनप्रहार संवाददाता

Post a Comment

0 Comments