प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनोकामना स्कुलमा बम आतंक मच्चिएको हो।
मनोकामना स्कुलमा आज बिहान ३ः४५ बजे केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छन्। त्यहाँबाट योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा भेटिएको छ। अन्य तीन स्कुलमा भने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । उक्त बस्तुको परिक्षण भईरहेको अनुसन्धानमा खटिएको प्रहरीले बताएका छन् ।
ुु घटना स्थलबाट योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा पनि भेटिएको छ।ु उक्त समूहलाई विभिन्न सवारीसाधनमा आगजनी गरेको आरोपमा यस अघिपनि कारबाही गरिसकेको समुह भएको भनाई प्रहरीको छ ।
यता काठमाडौं प्रहरीले योङ कम्युनिस्ट फोर्स नेपालका दुई जनालाई पक्राउ गरेको छ। एसएसपी विक्रम सिंह थापाले पक्राउको पुष्टि गरेपनि नाम सार्वजनिक गर्न मानेनन्।

0 Comments