Subscribe Us

सर्बोच्च अदालतले भन्यो– सिलवालविरुद्धको रिटमा नियोजित तरीकाले चरित्र हत्या गर्ने षडयन्त्र देखियो, फैसालाको पाठ सहित

काठमाण्डौ । सर्वोच्च अदालतले डिआईजी नवराज सिलवालविरुद्ध सर्वोच्चमा परेको रिट निवेदन अरुको स्वार्थलाई पुरा गर्न नियोजित रुपमा परेको दावी गर्दै रिट खारेजको फैसाला गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सिलवालविरुद्ध परेको रिट खारेज गर्दै रिट पर्नुमा सार्वजनिक पदमा रहेका जिम्मेवार पदाधिकारीलाई झिझयाउने,हैरान पार्ने,अनावश्यक विवादमा तान्ने वा आफनो वा अरु कसैको निहित स्वार्थ नियोजित रुपमा पूर्ति गर्ने माध्यमको रुपमा परेको भन्दै त्यो अदालतको अधिकार क्षेत्र भित्र नपर्ने जिकीर गर्दै रिट खारेज गरेका हुन । 

पैmसलामा भनिएको छ– “रिट निवेदकका पिता गुनबहादुर थापा अदालतमा चलेको मुद्दाको रोहमा साधिकार अदालतवाट भएको फैसला र आदेशको परिणामस्वरुप कैदमा रहेको तथ्य स्वयं निवेदन बेहोराबाट देखिएको छ । 

अदालतमा मुद्दा चलेको र फैसला भई सो को कार्यान्वयन गरिएको सम्बन्धी विषयलाई जोडेर विपक्षी नवराज सिलवालाई दोषिको रुपमा चित्रण गरी निवदेन गर्नुको कुनै औचित्य देखिदैन । ”

डिआईजी सिलवालका प्रतिस्पर्धी डिआईजी जयबहादुर चन्दको आर्थीक प्रलोभनमा परेर थापाले सर्वोच्चमा रिट दायर गरेको स्रोतको दावी छ । 

यसअघि पनि डिआईजी चन्दले नै पटक–पटक सिलवालविरुद्ध उजुरी गर्न थापालाई प्रयोग गरेका थिए ।


Post a Comment

0 Comments