Subscribe Us

‘पार्किङ मल्टिस्टोरेज’ प्रस्ताव महानगरपालिकाले किन गर्यो वेवास्ता

काठमाडौ । उपत्यकाका सपिङ मल, अपार्टमेन्ट र पार्किङस्थल नभएको अवस्थामा गरिएको ‘पार्किङ मल्टिस्टोरेज’ भवनको प्रस्तावलाई महानगरपालिकाले वेवास्ता गरेको छ । उपत्यकामा सवारी साधान पार्किङ गर्ने स्थानको अभाव हुन थालेपछि ‘मल्टिस्टोरेज’ पार्किङ भवन निर्माणका लागि चार बर्ष अघि प्रस्ताव गरिएको थियो । 

महानगरपालिकाले त्यसलाई अलपत्र परेको छ । राजधानीका पाँच ठाउमा सो भवन निर्माणका लागि ट्राफिक प्रहरीले महानगरपालिकालाई प्रस्ताव गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा तयार भएको सो प्रस्तावमा शुरूमा सुन्धरा, लैनचौर वा पानीपोखरी, चावहिल, कमलपोखरी वा डिल्लीबजार कालीमाटी वा कंलकी र बल्खु आसपासमा स्थान तोकिएको थियो ।

त्यहा भवन आवश्यकता रहेको भन्दै महाशाखाले महानगरपालिकालाई भवन निर्माणका लागि आग्रह गरेको थियो । तर अहिले त्यो प्रस्तावको विषयमा नत महानगरपालिकाले चासो दिएको छ नत ट्राफिक प्रहरीले नै चासो दिएको छ ।
महानगरपालिकाले त्यसलाई वास्ता नगरेको ट्राफिक प्रहरीको भनाई छ भने ट्राफिक प्रहरीले प्रस्ताव अपूरो भएको भन्दै त्यतिबेलै रिजेक्ट गरेको भन्दै पन्छिएको छ । तत्कालिन महाशाखाका प्रमुख तथा निवर्तमान प्रहरी अतिरिक्त महानीरिक्षक (पूर्व एआइजी) विज्ञानराज शर्माले राजधानीका प्रमुख बजार क्षेत्रमा मल्टिस्टोरेज पार्किङ भवनको आवश्यकता रहेको बताउदै महानगरपालिकालाई भवन निर्माृणका लागि प्रस्ताव गरेका थिए ।

सडक किनारामा सवारी रोक्न पाइदैन पार्किङ गर्ने प्रयाप्त ठाउँ छैन जसले गर्दा सर्वसाधारणले हैरानी भोगेका छन् त्यसको समाधानका लागि पार्किङ भवन निर्माणका लागि महानगरपालिका वा नीजि क्षेत्रलाई आग्रह गर्ने कार्ययोजना समेत तयार भएको थियो । काठमाडौंको ट्राफिक अस्तव्यवस्ततालाई कम गर्न प्रस्तावित पाँच ठाउँमा मल्टिस्टोरेज पार्किङ भवन बनाउने हो भने काठमाडौको सवारी जाम ५० प्रतिशतले कमी आउने त्यतिबेला प्रक्षेपण गरिएको भएपनि अहिलेका प्रहरी नायव महानीरिक्षक प्रकाश अर्यालको ध्यान त्यता जान सकेको छैन ।

सडकको क्षमता नबढेको र सवारी साधान मात्रै बढेकाले पनि काठमाडांैमा सवारी जाम बढ्नेको गरेको अवस्था ट्राफिक प्रहरी र महानगरपालिकाले सहकार्य गर्नुपर्ने अबस्थामा दुवै निकाय यस सम्बन्धमा हाल मौन छन् । काठमाडौको जामलाई कम गर्न ट्राफिक प्रहरीले सडक किनारामा पार्क गरिएका सवारी साधानलाई नियन्त्रणमा लिएर कारवाही शुरू गर्न थालेपछि राजधानीमा पार्किङ गर्ने क्षेत्रको अभाव भएको छ । 

कानुन विपरित सवारी पार्किङ गर्न गरिहेका वीर अस्पताल, पुतली सडक, नयाँ बानेश्वर, कालिमाटी तथा चक्रपथ वरिपरिका सबै ठाउँमा ट्राफिक प्रहरीले हटाएपछि सवारी जाम निकै कम भएपनि पाकिङ अभाव भने कायमै छ । अहिले न्यूरोड, सुन्धरा, ठमेल, भोटाहिटी , जमल , त्रिपुरेश्वर , थापाथली ,कालिमाटी , पुतलीसडक, कमलपोखरी , सोह्रखुटे लगायतका ठाउमा सवारीको चाप अत्याधिक बढेको छ ।

तर त्यसलाई कम गर्न ट्राफिक प्रहरीले फुटपाथबाट सवारी चलाउन, पार्क गर्न र व्यापार गर्न निषेध गरेको छ । सडकमा थुपारिने निर्माण सामाग्रीले पनि सवारी जाम बढाएको भन्दै प्रहरी सडकमा निर्माण सामग्री थुपार्न निषेध गरेको भएपनि सरकारी निकाय र नीजि पहुँचको आधारमा निर्माण सामाग्री थुपार्ने क्रम भने हटेको छैन । यसैगरी प्रहरी नीजि स्कुलबाट सञ्चालित ठूला सवारी साधानलाई पनि चक्रपथ भित्र प्रबेशका लागि निषेध गरेको छ । ३० सीट क्षमता भएका सवारीलाई मात्र चक्रपथ भित्र प्रवेश गराइएको भएपनि सवारी चाप अझै न्यून हुन नसक्दा जाम बढेको छ । त्यस्तै बाटोको दवैतर्फ पाकिङ हुदा पनि जाम अत्याधिक बढ्दा पनि ट्राफिक प्रहरीले ध्यान दिन सकेको छैन ।

Post a Comment

0 Comments