काठमाडौँ । अबैध रुपमा बिदेश लैजान लागेको बिदेशी मुद्रासहित एक महिला पक्राउ परेकी छिन ।
ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङ्कङ डलर ६०० सहित शनिवार प्रहरीले पक्राउ गरेको हो ।
नेपाल एयरलाइन्स बाट हङ्कङ जान लागेकी लामालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई सो रकम लैजान लागेको प्रहरीले जनाएको छ ।
0 Comments