Subscribe Us

नेताले पैसा उठाएपछि कार्यकर्ताको बिजोग,
नेबिसंघका पूर्वउपाध्यक्ष शाह पक्राउ

काठमाडौं । २ करोड ठगी गरेको आरोपमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पक्राउ परेका छन् । 

शाहलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको उजुरी महाशाखामा परेपछि शाहसहित चार जनालाई महाशाखाले नियन्त्रणमा लिएको हो । 

 जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी महाशाखामा परेको प्रहरीले जनाएको छ । शाहालाई जिल्ला अदालत काठमाडौंबाट म्याद् थप गरी अनुसन्धान सुरु गरीएको महाशाखाले जनाएको छ ।

जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले नेबिसंघ र तरुणदलकै कार्यकर्ताबाट पैसा उठाएको खुल्न आएको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।

ठगी भएका अधिकांश युवायुवती सल्यानका छन्, शाह पक्राउ परेको खबर पाएपछि उनीहरु अहिले पनि दैनिकजसो महानगरीय प्रहरी अपराध महाशाखामा धाउने परेका छन् ।नेविसंघ पूर्वउपाध्यक्ष समेत रहेका शाह पनि सल्यानकै हुन् ।

Post a Comment

0 Comments