Subscribe Us

अरबौंको कर छल्ने शर्मालाई सर्बोच्चले दियो साधारण तारेख

काठमाडौं । अरबौंको कर छली गर्नेलाई जोगाएर गोजी भर्ने आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा साधारण तारेखमा रिहा भएका छन । 

सर्वोच्च अदालतले आज शर्मालाई साधारण तारेखमा  थुनामुक्त गर्ने आदेश दिए सँगै उनी रिहा भएका हुन । 

 न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले शर्मालाई साधारण तारिखमा  रिहा गर्ने आदेश दिएको  हो ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । दुई महिना देखी अख्तियारको हिरासतमा रहेका शर्मा दुई साता अगाडी सर्बोच्चको आदेशले नै न्यायिक हिरासतमा पुगेका थिए ।  

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलाशले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलाशमा पठाउन आदेश दिएका थिए । 

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत र अख्तियारलाई लाई विपक्षी बनाई शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्बोच्चमा दर्ता गरेकी थिईन् ।  उक्त मुद्दामा सुनुवाई गर्दै सर्बोच्चले शर्मालाई तारेखमा राख्न आदेश दिएको हो । 

Post a Comment

0 Comments