Subscribe Us

२०१७ सिलवालको दुःखत हुँदै सुखतमा भो अन्त

काठमाडौं । नेपाल प्रहरीका पूर्ब डीआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाल जो  सन् २०१७ भर चर्चामा रहे । बर्षको सुरुवात देखी नै उनी प्रहरी संगठन देखी राजनतिक बृत र आम सञ्चारमाध्यममा छाईनै रहे । 

आईजीका प्रमुख दाबेदार हुँदा हुँदै पनी नेपाली काग्रेसका सभापती तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण आईजी बन्न नपाएका सिलवाल, राजनीतिक बाटो अंगाल्दै एमालेबाट नवनिर्वाचित सांसद बनेर झनै चर्चामा रहे । डीआईजीबाट राजीनामा दिएदेखी नै देश बिदेशमा रहेका हरेक नेपालीको नजरमा सिलवाल थिए । 

खासगरी नेपाल प्रहरीको आइजीपी बन्ने सन्दर्भमा अदालतको आदेश हुँदा पनि देउवाको दबाबमा प्रचण्ड सरकारले आइजीपी नियुक्ति नगरेका कारण भएको लामो समयको लडाइमा प्रहरीका तत्कालीन डीआइजीको रुपमा सिलवाल चर्चामा रहे । डीआइजीबाट राजीनामा दिएका सिलवाल ललितपुर १ बाट निर्वाचनमा होमिए । 

निर्वाचनको क्रममा कहिले धान काट्न जनतासंगै खेतमा पसेर त कहिले र्औषत जनताजस्तै धारारको पानी घटघट पिएर सिलवाल चर्चामा रहे । चुनाव जितिसकेर मतदातालाई धन्यवाद दिन जाने क्रममा स्थानीयले स्वागत तथा पर्यटन प्रवद्र्धनका लागि चढाएको घोडाका कारण पनि सिलवाल चर्चामा आए । अझ गृहमन्त्री बनाउनका लागि भन्दै जनताले नै दवाव बढाउन थालेपछि सन् २०१८ मा पनि सिलवाल चर्चामा नै रहने देखिएको छ ।

Post a Comment

0 Comments