Subscribe Us

सशस्त्रका आईजी इतिहासकै कलंकित,
पाँच एआईजीको फूलिमा चन्द्र ग्रहण

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख सरकारको एसम्यान बन्दा  निकम्मा आईजीको रूपमा ईतिहासमा दर्ज हुने भएका छन् । संगठनको हित विपरित भन्दा केही व्यक्तिले आफ्नो निहित स्वार्थ पुरा गर्न मनपरी पदस्थापना गर्दा समेत दुबै संगठनका आईजी चुपचाप छन् । 

आईजीपीबाट अनिवार्य अवकास पाउन दुई महिना मात्रै बाँकी रहेका सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठ र नेपाल प्रहरीका प्रकाश अर्यालले सिंगो संगठनलाई लथालिङ्ग बनाउन सरकारलाई मद्दत गरेको आरोप समेत लाग्न थालेको छ । 

सशस्त्रका आईजी श्रेष्ठले ६ जना एआईजीको दरबन्दी बढी भएको संगठनलाई सरकारले बिना अध्यन, परामर्श नगरी ११ पु¥याउदा चुपचाप बसेको आरोप संगठनकै अधिकारीहरूले लगाएका छन् ।

यति मात्र नभई आईजी श्रेष्ठले एआईजीलाई प्रदेशमा राख्न सरकारको निर्देशनमा संगठनमा कुनै परामर्श नगरी सिमा सुरक्षा कार्यालय र बोओपी हटाउने प्रस्ताव गृहमन्त्रालयमा पु¥याई सकेका छन् । एक माथि आर्को गल्ती गर्दै हिडेका उनलाई संगठनमा एआईजी पुष्पराम केसीको समुहले गलत सल्लाह दिँदै आएका छन् । 

सीमा सुरक्षा कार्यालय (सिसुका) र बिओपी हटाउनेबारे आईजीपीले वरिष्ठ एआईजी प्रेमकुमार शाहीको संयोजकत्वमा समिति बनाएका थिए । तर संगठनभित्र असन्तुष्टि बढेपछि संयोजक शाहीसहित सदस्यहरू प्रकाश ओझा र अर्का एआईजी शैलेन्द्र खनाल संगठनको हित विपरित जान नसक्ने भन्दै सहभागी नभएपछि पुष्पराम केसी आईजीपीको कदमलाई सहयोग गर्दै अगाडि बढेका हुन् ।

         किन हटाईदैछन् सीसुका र बिओपी 
सशस्त्रमा सिसुका र बिओपीलाई अहिले शक्तिशालि निकायका रूपमा हेरिन्छ । २१ वटा सिसुका रहेको सशस्त्रमा २० वटा भारतसँग सीमा जोडिएको क्षेत्रमा र एउटा चीन सिमामा छ । सीसुकाकै मातहत रहने गरि ८७ वटा बिओपीहरू छन् । सीमापार अवैध व्यापार र अपराध नियन्त्रमा सीसुका र बिओपीको भुमिका महत्वपूर्ण छ तर पनि हटाउन खोजिदैछ । 

सशस्त्र प्रहरी बल स्रोतका अनुसार केही समयअघि एआईजीमा बढुवा भई फांजिलमा रहेका पाँच एआईजीहरूलाई व्यवस्थापन गर्न सशस्त्रमा सांगठनिक संरचना ध्वस्त पारिन लागेको हो । प्रदेशमा खटाउने गरि हतारमा बढुवा गरिएका जानकी भट्टराई, सुबोध अधिकारी, निराक्रमबिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले नयाँ दरबन्दि, बढुवा र प्रदेशमा खटिने गरि एक मुष्ट डिल गरेर जनही ७५ लाख बुझाएका थए । 

जस मध्ये खडानन्द चौधरीले एउटा बैकबाट ऋण झिकेर सो रकम बुझाएका हुन् । ‘अरूले लुटेका थिए लुट्न नपाएका र मिसनमा पनि विरामी भएर आधामै फर्केका चौधरी सापलाई भने ऋणमाथी ऋण थपियो’, सशस्त्र प्रहरी वल मुख्यालयका एक अधिकृतले भने । यसैबीच हतार हतार बढुवा र हतारमै दज्र्यानी चिन्ह फूली लगाएर फाजिलमा परेका पाँच एआइजीको मुख्यालयमा बेहाल छ । न उनीहरूलाई बस्ने कार्य कक्ष छ न गफिने साथी भाई नै । 

उनीहरूकै बेहाल देखेर हलचोकमा हाँसीमजाक चल्छ फाजिलमा त परे–परे चन्द्रग्रहणको दिन लगाएको फूलीको पनि बेहाल हुने भयो । बढुवा नभएको भए अबको करिब एक महिनापछि अवकाशमा जान लागेका उनिहरू धोबीको... घर न घाट जस्तो बनेका छन् । 

आईतबार हलचोकमै भएको अख्तियारको वार्षिक उत्सवमा सबै एआईजीहरूलाई बोलाइएको भएपनि फाजिलहरूलाई नबोलाएपछि उनीहरू गिज्जिदै घर गएको चर्चा सोमबार दिनभरि मुख्यालयमा चलेको थियो । 

Post a Comment

0 Comments