Subscribe Us

पशुपति भिजनमा लामा माथी गोली चल्यो,
गोली चलाउने फरार, गोली खाने प्रहरी हिरासतमा

काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा नेपाली काग्रेसका नेता गणेश लामा माथी गोली चलेको छ । आपराधिक समुहका दुई अज्ञात व्यक्तिले लामा माथी गोली चलाएको हो । तर गोली भने कसैलाई लागेको छैन । 

हतियारधारीसँगको घम्सा घम्सीमा गोली प्रहार भएको पेस्तोल भने लामाले खोस्न सफल भएको त्याहा तैनाथ व्यक्तिले बताएका छन् । लामाले पेस्तोल खोसेपछि उनिहरु फरार भएका थिए । 

आपराधिक समुहसँग खोसिएको पेस्तोल तत्काल घटनास्थल पुगेको प्रहरीले लामाको साथबाट बरामत गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

उक्त पेस्तोलमा ६ राउण्ड गोलीसहित बरामत भएको प्रहरीले जनाएका छ । लामा यसअघि काभ्रेको क्षेत्र नंः १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग झिनो मतले पराजित भएका थिए ।




Post a Comment

0 Comments