Subscribe Us

अर्थमन्त्रीद्धारा श्वेतपत्र जारी, मुलुकको आर्थिक अवस्था गम्भिर रहेको निष्कर्ष

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्था र भबिष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र सार्वजनिक गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयले मुलुकको हालको आर्थिक अवस्था सार्वजनिक गर्दै श्वेतपत्र जारी गरेको हो । नयाँ बजेट निर्माणको तयारी थाल्नु अघि अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमार्फत १५ पन्ने श्वेतपत्र जारी गरेका हुन् ।

अर्थमन्त्रीले आज जारी गरेको श्वेतपत्र अनुसार मुलुकको अर्थतन्त्र यतिबेला  नाजुक अवस्थामा पुगेको देखिन्छ । श्वेतपत्र जारी गर्दै उनले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको बताउँदै अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताए।

खतिवडाले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको बताए। बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको अर्थमन्त्रीको भनाई थियो।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्रमा भनिएको छ – ‘पुँजीबजार सतही रहनुका साथै यसको दायरा संकुचित छ । अर्थमन्त्रमा साधन परिचालन गर्न यो सशक्त भए पनि यसको परिचालन धितोपत्रमा मात्रै सीमित रहेको छ । पुँजी बजारमार्फत ठूलो परिमाणको स्वलागनी गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता छ । संस्थागत लगानीको न्यून सहभागिता वित्तीय क्षेत्रमा भएको तरलता र बढ्दो ब्याजदर, शेयर निष्काशन र आपूर्तिमा भएको वृद्धिले अहिले शेयर मूल्य भावित भएको छ ।’
त्यसैगरी ‘विद्यमान अर्थतन्त्रमा चूनौती  छ। हर व्यापारिक कार्य गर्न चूनौती छ। अर्थतन्त्र अनौपचारिक रुपमा रुमल्लिएको छ। वैदेशिक सहायता आउन छाडेको छ। विप्रेषण कम आएको छ। आन्तरिक पुँजीबजार सबल हुन सकेको छैन। विकास र आयोजनाको गति धिमा छ। सबै योजनाहरु समयमै सकिन सकेको छैन,ु अर्थमन्त्री डा खतिवडाले थपे, ुबजेट अनुशासन उल्घंघन भएकाले देशको ढिकुटी रित्तो छ। बिना शीर्षक बजेट छूटयाइएको छ। नेपालको लगानीको वातावरण सहज छैन। सन २०२२ मा विकासशिल राष्ट्र हुन असम्भव देखिएको छ। लगानीको आवश्यक छ।’ 

यस अघि अर्थमन्त्री खतिवडाले होडबाजी र लहडमा लागेर सेयरमा लगानी नगर्न आग्रह गर्दा उनी विवादमा तानिएका थिए । कतिपय व्यापारीहरुले समेत यसलाई राम्रो संकेत मानेका थिएनन् । 

Post a Comment

0 Comments