Subscribe Us

एयर बङ्लाको बिमान दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । 

बंगलादेशको राजधानी ढाकाबाट ७८ यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएर पुर्णरुपमा जलेको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा  दुर्घटना भएको हो । ठाकुरका अनुसार दुर्घटनापछि आगलागीमा परेर घाइते भएका १४ जना यात्रुलाई उद्दार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र निजामती अस्पताल पठाइएको छ ।

अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको ठाकुरले जानकारी दिए । उद्दार कार्य भने जारी छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

Post a Comment

0 Comments