Subscribe Us

अर्याल एण्ड कम्पनीको योजनामा सुन तस्करी,
मामा भान्जा फरार, एसएसपी लोहनीलाई मोरङ प्रहरीको निम्तो

काठमाडौँ । साढे ३३ किलो सुनकाण्डमा मुछिएका पूर्वडिआइजी गोविन्द निरौला यसअघि विमानस्थलबाट बरामद भएको ३४ किलो सुन प्रकरणमा पनि मुछिएका थिए । 

तत्कालिन एसएसपी श्याम खत्री पक्राउ परेसँगै उनी संलग्न देखिएपछि तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्यालले निरौललाई बचाएको स्रोतले जनाएको छ ।

यति मात्र नभई सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीलाई गैर कानुनी तरिकाले प्रधान कार्यालयम हाजिर गराएपछि सुन तस्करीका योजनाकार नै अर्याल कप्पनी भएको पुष्टि हुन आउछ । एसएसपी खत्री माथी लागेको अभियोग आज पनि जिल्ला अदालत काठमाडौंमा बिचाराधिन अबस्थमा छ ।

 अभियोगबाट सफाई नपाई एसएसपी खत्रीलाई हाजिर गराउन मिल्दैन । जिल्ला अदालत काठमाडौंले एक लाख धरौंटी लिएर छाडिएका खत्रीलाई १७ नम्बर निबेदनमा बिचार गर्दै पुनराबेदन अदालतले साधारण तारेखमा छाडेको थियो । साधारण तारेखमा छाडिएकै भरमा पूर्ब आईजी अर्यालले उनलाई हाजरि मात्र गराएन डिआईजी बनाउन नै लागेका थिए । 

सुनकाण्डले प्रहरीभित्र खैलाबैला भएपनि राजनीतिमा भने यसले खासै प्रभाव पार्न नसकेको भन्दै गृहमन्त्रालयले राजनीतिक कनेक्सन खोज्दा निरौलाको कनेक्सन गत सालको ३४ किलो सुनमा जोडिएको हो । गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समितिले पूर्वआइजीपीद्वय प्रकाश अर्याल र उपेन्द्रकान्त अर्याललाई पनि शंकाको घेरामा राखेर अनुसन्धान गरिहरको छ । यसैगरी समितिको ध्यान राजनीतिक कनेक्सनतर्फ पनि मोडिएको छ । 

नेपालमा सुनकाण्ड नौलो होइन । धेरै अघिदेखि भारतलाई लक्षित गरी नेपालबाट सुन तस्करी गर्ने कार्य हुँदै आएको थियो । २०४६ सालपछि सरकार ढाल्ने र बनाउने क्रममा सांसदहरू किनबेच गर्ने काममा पनि तस्करहरू लागि पर्थे । तत्कालिन गृहमन्त्री र प्रहरी महानिरीक्षक नै मिली सुन तस्करी गर्ने प्रचलन थियो । 

लोकमानसिंह कार्की भन्सार प्रमुख, वामदेव गौतम गृहमन्त्री हुँदा दुर्जकुमार राई र रविराज श्रेष्ठले एयरपोर्टमा चढेको गाडी सुन बोक्न नसकेर पंचर भएको किस्सा कायमै छ । सुन तस्करी प्रहरीको मिलोमतोबिना सम्भव नै हुँदैन । जुनसुकै नाकाबाट ल्याए पनि प्रहरी नमिलाएसम्म सुन आउने सम्भावना न्यून रहन्छ र जसले ठूलो लगानी गरी सुन तस्करी गर्छ, उसले प्रहरी नमिलाई त्यति ठूलो जोखिम लिनै सक्दैन । कतिपय सुन बरामद गरी बीचैमा गायब गरिदिएको थुप्रै घटनाहरू पनि छन् । 

साना तिना परिमाणका सुन तस्करी गर्ने र पक्राउ गरेपछि डर, त्रासमा पारी पचाइदिने प्रक्रिया पनि धेरै सुनिँदै गरेको हो । केही समयअघि नवराज सिलवालले ३३ किलो सुन समाउदा आइजी हुन पाएनन् । तर यसलाई राजनीतिक कारण देखाइयो । अहिले गायव भएको साढे ३३ किलो सुन तथा सनम शाक्य हत्या काण्डको छानवीनका क्रममा धेरै सुन तस्करी भएको तथ्यांकहरू बाहिर आएका छन् । 

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक रूपमा टनका टन सुन तस्करी हुन्छ भन्ने अभिव्यक्ति दिएपछि यसमा खोजबिन गर्न मन्त्रालय आफैं लागेको थियो । गृहमन्त्रीले नै सार्वजनिक रूपमा भनिसकेपछि सुन तस्करी हुन्छ भन्ने कुरा प्रमाणित नै भएको मान्नुपर्छ । साढे ३३ किलो सुन प्रकरणमा ३ जनाको मृत्यु समेत भइसकेको छ ।

यो सुनकाण्ड वास्तवमा के हो ? कसले लगानी गरेको थियो ? उक्त सुन भित्राउन क–कसले सहयोग गरे ? र मृत्यु भएका व्यक्तिहरूको पछाडि को–को छन् ? यो रहस्यमय कुरा अब पर्दाफास हुने आम सर्वसाधारणले अपेक्षा गरेका छन् । तस्करीको मुख्य नाइके गोरेको हैसियत उनका मामा चेतन भण्डारीको संलग्नताबारे सबै पक्षले चासोसँग हेरिरहे पनि प्रहरीको खोजी सूचीमा रहेका गोरे र उनका मामा भण्डारी भने नेपालमा छैनन् । भण्डारी अमेरिका र गोरे भारततिर भएको अनुमान गरिन्छ । 

यो काण्ड प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका लागि परीक्षा हो । जतिसुकै प्रहरी अधिकृत राम्रो भनिए पनि वास्तवमा उनी कस्ता छन् भन्ने कुरा कामले मात्र प्रमाणित हुन सक्छ । यदि  खनालले योे सुनकाण्ड, यसको पछाडिको हत्या प्रकरणलाई वास्तविकरूपमा उजागर गर्न सके भने उनीमाथि मात्र होइन प्रहरी संगठनमै जनविश्वास बढ्नेछ । यस काण्डमा ५ प्रहरी अधिकारी नै अनुसन्धानको घेरामा तानिइसकेका छन् । 

घटनालाई राम्रोसँग छानविन गर्न नसके यो आरोपको औंला आइजिपी खनालपट्टि पनि फर्कन सक्छ । सुनकाण्ड तबसम्म भइनै रहनेछ जबसम्म प्रहरीहरू यस कार्यमा साथ दिनेछन् । प्रहरी अधिकृतहरू एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् भने डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल मोरङ प्रहरीको हिरासतमा छन् । पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला डीएसपी संजय राउत प्रहरी कस्टडीमा छन् । एसएसपी श्याम खत्री भने अहिलेसम्म फरार छन् । 

कम्तीमा एआइजी वा आइजिपी स्वयम् मिलेका हुँदैनन् तबसम्म यति ठूलो घटना घट्छ भनेर विश्वास गर्न तयार छैनन् । आइजिपी खनाल व्यवसायीक भएको चर्चा गरिन्छ । लोहनीले आइजीपी अर्यालकै आदेशले आफ्नो टोली विराटनगर गएको बताएपछि उनकै बयानका आधारमा प्रकाश अर्याल बयान दिने अवस्थामा पुगिसकेका छन् । मन्त्रालयले उनलाई बयानका लागि बोलाउने तयारी गरिरहेको छ । प्रजित केसीलाई भने सनम हत्याकाण्डसँग मात्रै जोडेर अनुसन्धान शुरू भएको छ । अन्य २७ जनालाई सुन तस्करी प्रकरणमा अनुसन्धान भैरहेको छ ।

Post a Comment

0 Comments