Subscribe Us

बनेपामा प्रधानमन्त्रीको पुल्दा दहन


काभ्रे । आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बिद्यार्थी संघले प्रधानमन्त्री केपीशर्मा ओलीलेको पुल्दा दहन गरेको छ । 


प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलित विद्यार्थी संघले आज काभ्रेको बनेपामा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको हो । 

नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रम अन्तरगत सोमबार नेविसंघ काभ्रेले बनेपामा पुत्ला दहन गरेको हो। बनेपाका दुई स्थानमा पुत्ला दहन गर्दै नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए।

नेविसंघ आव्हान गरेको हड्तालको कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन्। प्रधानमन्त्रीको तस्बिर
बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाइ अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै जिल्ला समितिले आइतबार र सोमबार आव्हान गरेको हड्तालका कारण विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ।

Post a Comment

0 Comments