Subscribe Us

आरजुको आदेशमा पौडेलको मनपरी

काठमाडौं । सरकारसँगै मन्त्री परिवर्तनको एक बर्ष हुन लाग्दा पनि सूचना तथा सञ्चार मन्त्रालयमा भने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा नेपाली कांग्रेसकी सांसद आरजु देउवाको आदेश चल्ने गरेको रहस्य खुलासा भएको छ । 

मन्त्रालय अन्र्तगत सुरक्षण मुद्रण समीतिका कार्यकारी निर्देशक विकल पौंडेलले मन्त्री गोकुल बाँस्कोटालाई छाँयामा पारेर मनपरी गर्दै आएका हुन् । 

स्रोतका अनुसार निर्देशक पौडेलले ईम्बोस नम्बर प्लेटको टेण्डर कमिटीमा बसेर राणाको योजनामा उनी निकट ठेकदारलाई टेण्डर दिलाउन सफल भएको छ । दुई करोडको श्रोत नखुलेको सम्पत्ती फेला परेपछि अख्तियारको छानबिनको दायरामा परेका पौडेल तत्कालिन समयमा आरजु राणाकै निगाहमा बचेका थिए । 

अख्तियारका तत्कालिन प्रमुख आयुक्त दिप बस्न्यातको अवकाश हुन तीन दिन अगाडीमात्र पौंडेलको फाईल तामेलिमा राखिएको थियो । उनी माथि अमेरीकाको ग्रिनकार्ड होल्डर भएको समेत आरोप लागेको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सोझोपनको फाईदा उठाउँदै निर्देशक पौडेलले आईटी व्यवसायीसँग ठूलो रकम उठाएको स्रोतको दाबी छ । अहिले पनि आरजुको योजनामा आईटीका ठेक्काहरू आरजुकै ठेकदारहरूलाई निर्देशक पौंडेलले दिलाउँदै आएको मन्त्रालय स्रोत बताउँछ । 


Post a Comment

0 Comments