Subscribe Us

प्रथम ईण्डो–नेपाल खुल्ला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न


काभ्रेपलाञ्चोक, २१ मंसीर । नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघको आयोजनामा प्रथम ईण्डो–नेपाल खुल्ला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

संघको आयोजनामा काभ्रेमा दुईदिनसम्म सञ्चालित तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट करा“ते प्रतियोगिता–२०७५ मंसीर १४ र १५ गते सञ्चालन भएको थियो ।

नेपालका लागि भारतीय राजदूताबासका प्रतिनिधी डा अजय कुमारले उद्घाटन गरेको खेलमा राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशव बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभिन्न २५के.जी., ३० के.जी., ३५के.जी.,४० के.जी., ४५ के.जी., ५० के.जी., ५५ के.जी तथा खुल्ला तौल समुहमा पुरुष जम्मा १६० तथा ४० के.जी., ४५ के.जी., ५० के.जी. तथा खुल्ला तौल समुह महिला जम्मा ४० जनाको नेपाल र भारतका खेलाडीहरु गरी जम्मा २०० जना खेलाडीहरुले सहभागिता जनाएको थियो ।

प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव बिष्टले प्रमाणपत्र तथा नगद वितरण गर्नुभएको थियो ।

संघका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय राजदूताबासका निर्देशक प्रा.डा.केदारनाथ शर्मा, पूर्व खानेपानीमन्त्री  महेन्द्र यादव, पूर्व उद्योग राज्यमन्त्री कन्चनचन्द्र बादे, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ, नेप्लिज फेशन होमका अध्यक्ष तथा यस संघका केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय सदस्य सुरकृष्ण बैद्यको सहभागीता रहेको थियो ।

यसैगरी पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सीना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, बनेपा नगरपालिका–१० का अध्यक्ष चन्द्रबहादुर खड्का, ११ का अध्यक्ष शिव थापा, ८ का अध्यक्ष दानबहादुर तथा ९ का अध्यक्ष शेरबहादुर सुवालको बिशेष उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments