Subscribe Us

गरिबसँग ज्ञानेन्द्र ! ज्ञानेन्द्रको लोकप्रियता बढ्दो, जनतासँग नजिकिँदै पूर्वराजपरिवार


काठमाडौं । राजतन्त्र विस्थापित गरी गणतन्त्र स्थापना गरेको १२ बर्ष कटिसक्दा पूर्वराजा ज्ञानेन्द्रको क्रेज असाधारण बनेको छ । उनी दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा सर्वसाधारणसँगको भलाकुसारी र भेटघाटमा व्यस्त छन् । कतिपयले नयाँ बर्ष मनाउनका लागि उनी त्यहाँ गएको टिप्पणी गरे पनि धार्मिक स्थल भ्रमणसहित सर्वसाधारण गरिबसँग उनको भलाकुसारी बाक्लो भएको थियो ।

नजिकका नातेदार प्रभु शमशेर राणा, पत्नी पूर्वरानी कोमल, बुहारी पूर्वयुवराज्ञी हिमानीसहित नातीनातिनासहित उनी मदौरा कुना शुक्लागण्डकी किनारमा नन्देश्वर महादेवको दर्शन गरेपछि त्यहाँका स्थानीयसँग लामो समय बिताए । उनीहरूका धर्म जोगाउनुपर्ने, जनताले न्याय नपाएको भन्ने गुनासा सुने ।

राजनीतिक दल र नेतृत्वले मुलुकलाई धार्मिक हिंसा, सामाजिक सद्भावविरुद्ध, आपराधीकरण संस्थागत गराएको उदाहरण दिँदै सर्वसाधारणले उनलाई भने,‘राजा आऊ, देश बचाऊ !उनको भ्रमण कालमै यति धेरै स्वागत सम्मान र सद्भाव सायदै मिलेको भन्ने उनी सन्निकटहरू बताउँछन् । 

जब राजनीतिक दलका नेताले आफुलाई राजा र अरुलाई प्रजा देख्न थाल्छन् त्यसपपछि राजगद्दीको स्वभाविक त्याग गरेका राजा जनतामा पुग्छन्’, कार्यक्रममा सहभागी एकले भने,‘अहिले गरिबको झुपडीमा राजा आउनु भएको छ । नेता भोट माग्न मात्र आउँछन् । उहाँ पीडा सुन्न आउनुभयो ।
८० प्रतिशत हिन्दु रहेको मुलुकलाई धर्म निरपेक्षता भनी क्रिश्चियन सम्मेलन पनि नेपालमा गर्न थालेको बिलौना सर्वसाधारणले सुनाएका थिए । यस्तो अवस्थामा पुगेको व्यवस्था परिवर्तनका निम्ति खास निर्णय लिनका लागि सर्वसाधारणले ज्ञानेन्द्रलाई अनुरोध पनि गरेका थिए । 

मुलुकमा सुख र शान्ती पाउन सकिएन, नागरिक कहिले पनि धनी नहुने नेताचाहीँ जहिले धनी हुने दिन आए, अब केही गर्नुपर्छ सरकार’, उनको भ्रमणका क्रममा एक सर्वसाधारणले भने,‘जनता तपाईका साथमा छन् ।

नेपाललाई भारतले सिक्किम जस्तै बनाउने रणनीति लिएपछि महामानव विपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किएको अघिल्लो दिन पूर्वराजा गरिबका कुटी र कार्यक्रममा पुगेका थिए । कांग्रेस संस्थापक महामानव वीपी कोइराला यसरी जनताको दैलोमा पुग्ने गरेको स्मरण गरेका एक ज्येष्ठ नागरिक भन्छन्,‘म युवा हुँदा वीपीलाई यसरी हिँडेको देखेको थिएँ । अहिले कोही नेता जनताको दैलोमा देखिँदैनन्, खान र कुम्ल्याउनमा व्यस्त छन् । राजा आउनुभयो, पीडा सुन्नु भयो । यसमा खुशी छौं ।

पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई भेटेको, नाचेको लगायतका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको खण्डन, नेकपाका सांसद झपट रावलले उनलाई भ्रमणमा प्रतिबन्ध लगाउनका लागि संसदमा माग गरेको विषयमा सर्वसाधारणले आक्रोशित हुँदै प्रतिक्रिया दिएका थिए । साधारण शैली र भावमा ज्ञानेन्द्रले सर्वसाधारणका गुनासा सुनेका थिए । जनताको चाहनाअनुसार भेटघाट गर्नुपर्ने र जनताको अपेक्षा बुझ्नका लागि नै उनीहरूको दैलोमा बेलामौका पुग्ने गरेको छु’, ज्ञानेन्द्रलाई उदृत गर्दै भ्रमण दलमा रहेका एक अधिकारीले भने,‘कसैले निषेध गर भन्दैमा टेर्दिन, जनताले निषेध गरेपछि मान्छु ।

हिन्दु राज्य र जनताको अहिलेको आवश्यकता बुझ्नका लागि सरकार जनताको दैलोमा पुगिबक्सेको हो, उहाँले जनताका समस्या, गुनासा र आवेग पनि सुनिबक्सियो’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘हामीले सुरक्षा र सहजीकरणका साथ उहाँको भ्रमण र जनता भेट्ने चाहनाको रेकी गरिरहेका छौं ।

भ्रमण र कार्यक्रमको चाँजोपाँजो शिव सेनाले नै मिलाउँदै आएको छ । पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएको दिन त्यहाँ लाखौंको संख्यामा सर्वसाधारणले उनलाई स्वागत गरेका थिए । उक्त भिड देखेपछि सत्ताधारी पार्टीका नेताहरू आत्तिएको शिव सेनाको बुझाई छ ।

अबको केही दिनमा पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्कने तयारीमा छन् । नागरिकसँगको संवादलाई जारी राख्ने सोच बनाएका उनी दुई सातासम्म पोखरा बस्दा राप्रपा अध्यक्ष कमल थापासँग भेट भएको थियो । हिन्दु राज्य र धर्म निरपेक्षताप्रति जनताको मतका विषयमा कुराकानी भएको थियो भने राजसंस्थाका विषयमा पनि एजेन्डागत हिसाबमा कुराकानी भएको बताइन्छ । थापाको पार्टीले ७ फागुनबाट हिन्दु धर्मको रक्षा र राजसंस्था स्थापनाको मागसहित आन्दोलनको तयारी पनि थालेको छ ।

यस्तै, पोखरा बसाईका क्रममा पूर्वराजाको जम्काभेट सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको थियो । साधारण नागरिकसरह श्रेष्ठसँग उनको भलाकुसारी र कुराकानी भएको थियो । श्रेष्ठले पहिलो पटक भेट भएको बताउँदै उनमा रहेको नम्रताको प्रशंशा पनि गरेका थिए ।

Post a Comment

0 Comments