Subscribe Us

प्रतिनिधिसभा सदस्य सांसद् चाैधरीले सपथ लिँदै

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले बिहीबार बिहान शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय जनता पार्टीका तर्फबाट  निर्वाचित चौधरीले गत निर्वाचनमा कैलाली–१ बाट ठूलो मतले विजयी भएका थिए ।

सांसद चौधरीले संसद् सचिवालयलाई पत्र लेख्दै शपथ ग्रहण गराउनुपर्ने माग राखेका थिए। उनलाई बिहान ११ः३० बजे सपथ गराइने सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले बताए ।

टीकापुर घटनाका सम्बन्धमा प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा वारेसमार्फत उम्मेदवारी दिएका चौधरी  प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए ।

Post a Comment

0 Comments