Subscribe Us

सन्दीप र मेक्सवेलविना मैदान उत्रँदा मेलबर्न स्टार्सको चौथो हार


अस्ट्रेलिया । नेपालका स्टार क्रिकेट खेलाडी एवं विश्वका उत्कृष्ट लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिग खेल छाडेर बंगलादेश प्रिमियर लिग खेल्न आएपछि उनको टिम संकटमा परेको छ ।

हालसम्म ७ खेल खेलेको मेलबर्न स्टार्सले शुक्रबारको आफ्नो सातौं खेलमा ४१ रनको विशाल अन्तरले पराजय भोगेपछि लिगमा ४ हार ब्यहोरेको हो । स्टार खेलाडी सन्दीप र नियमित कप्तान ग्लेन म्याक्सवेलबिना मैदानमा उत्रिएको मेलबर्नले टस जिते पनि एडिलेड स्टाइकर्सलाई ब्याटिङको निम्तो दिएको थियो । सन्दीप बिना मैदानमा उत्रिएको मेलबर्नका बलरहरु एडिलेडका मध्यक्रमका ब्याट्म्यानको उत्कृष्ट प्रदर्शनसामू फिका सावित भएका थिए ।

नियमित कप्तान म्याक्सवेलबिना मैदानमा उत्रिएको टिमको कप्तानी निक मेडिसनले गरेका थिए । एडीलेडले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । त्यसपछि ब्याटिङमा आएको सन्दीपको टोली मेलबर्न स्टार्सले १९.२ ओभरमा सबैविकेट गुमाउँदै जम्मा १ सय ३७ रन मात्र बनाउन सफल भयो । 

बिगबासको लिगअन्तर्गत आफ्नो सातौं खेल खेलेको मेलबर्नले ३ खेलमा जित र ४ मा हार ब्यहोरी अंकतालिकामा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

Post a Comment

0 Comments