Subscribe Us

मल्होत्राकै कारण चोखिने भए खड्का पनि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल
निगमको जग्गा खरिद प्रकरणको अनुसन्धानको फाइल हाललाई थाती राखेर अकूत सम्पत्ति अार्जनको मात्र मुद्दाको मात्र फाइल अगाडी बढाएको छ । निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको पहलमा किनिएको सो जग्गामा गरिएको अनियमितताको फाइल थन्क्याएर खड्कालाई अकूत सम्पत्ति आर्जनको मात्र मुद्दा दायर गरेको हो ।

अख्तियारले अकूत सम्पत्ति अार्जनसम्बन्धी दायर गरेको मुद्दामा अदालतले प्रायः सफाइ पाउँदै अाएकोले मल्हाेत्राकै कारण खड्कालाइ अकूत सम्पत्ति अार्जनको मात्रै मुद्दा लगाइएको स्राेतको दाबी छ । तेल भण्डारणका लागि भन्दै व्यापारी दीपक मल्होत्राको जग्गा जहाँ छ त्यहीँ–त्यहीँ जग्गा निगमले बजारमूल्य भन्दा करिब १३ गुणा बढी रकममा खरिद गरेको थियो । अन्य व्यक्तिको नाममा रहेपनि ती जग्गाहरुका वास्तविक जग्गाधनी दीपक मल्होत्रा रहेको स्रोतको दाबी छ ।

मल्होत्राकै कारण हाल गोपाल खड्काविरुद्ध दायर गरेको अकूत सम्पत्ति आर्जन मुद्दामा अख्तियारले निगमको जग्गा खरिद प्रकरणलाई समेटेको छैन । प्रायः अकूत सम्पत्ति मुद्दामा अदालतबाट सफाइ पाउँदै आएकाले अख्तियारको खड्काविरुद्धको मुद्दामा पनि सफाइ पाउने सम्भावना रहेको छ । यसबाट मल्होत्राकै कारण खड्का पनि चोखिने सम्भावना रहेको छ । जग्गा खरिद प्रकरण मुद्दालाई अगाडि बढाइएमा मल्होत्राको पनि प्रत्यक्ष संलग्नता रहने भएकोले अख्तियारले खड्काविरुद्ध अकूत सम्पत्ति आर्जनको मात्र मुद्दा दायर गरेको स्रोतको दाबी छ ।

तेल भण्डारणका लागि भन्दै निगमले रुपन्देही, चितवन, सर्लाही र झापामा किनेको जग्गामा १ अर्ब २६ करोड रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिले गरेको छानबिनपछि सार्वजनिक भएको थियो । त्यसबेला संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले संलग्न दोषीलाई कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको थियो ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्षसमेत रहेका व्यापारी मल्होत्राको सरकार बाहिर रहेर पनि सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने नेकपाका शक्तिशाली नेता बामदेव गौतमको दबाबमा अख्तियारले उक्त फाइल हाल थन्क्याएको स्रोतको दाबी छ । यसअघि मल्होत्रा संलग्न भएकै भनिएको ३३ किलो सुन काण्डको फाइल पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रीन सिग्नलमा हाल गुपचुप राखिएको रहस्य बाहिरिएको थियो ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका बेला नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्षको हैसियतमा भ्रमण दलमा सामेल गराएपछि उनी प्रधानमन्त्रीका पनि प्रियपात्र रहेको भएको स्पष्ट हुन्छ । भारत भ्रमण गएकै दिन ३३ किलो सुनकाण्डका मतियार भन्दै मल्होत्राका पार्टनर विमल पोद्दार पक्राउ परेपछि उनी पनि सुनकाण्डका दोषी हुनसक्ने देखिएको छ । 

Post a Comment

0 Comments