Subscribe Us

सस्ताेमा सुन दिन्छु भन्दै नक्कली सुन दिइ ठगी गर्ने १२ पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ ४० लाख रूपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । ब्यूरोले राजधानीका विभिन्न स्थानबाट गिरोहका १२ जनालाइ पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।

यसैगरी, बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, पर्साका सन्तोषकुमार लामा, तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा,  बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

Post a Comment

0 Comments