काठमाडाैं । नेपाली चलचित्र
क्षेत्रका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा काठमाडाैंको टिचिङ अस्पतालमा ७८
वर्षको उमेरमा निधन भएको छ । राणा केही समयअघिदेखि बिरामी थिए । उनी मुटु रोगबाट पीडित
थिए ।
राणाले वि.सं २०४१ सालमा निर्माण
भएको चलचित्र ‘अन्याय’बाट अभिनययात्रा सुरू गरेका थिए । उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका
थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।
उनले नेपाली बाबु, ‘दक्षिणा, साथी म तिम्रो, कोसेली, चिनो, दुई थोपा आँशु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका चलचित्रहरुमा अभिनय
गरेका थिए । उनको शुक्रबार नै दाहासंस्कार गरिने परिवारजनले जनाएको छ ।
0 Comments