Subscribe Us

नेकपामा ओलीइतरको बहुमत !


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीइतरको स्पष्ट बहुमत देखिएको छ । त्यो बहुमतको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । अरुको अस्तित्व नस्वीकार्ने स्कुलिङका महागुरु नै बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीतिक योजनामा पार्टीभित्र ओलीविरुद्धको मोर्चा बलियो भएको हो । उनीविरुद्ध बयानबाजी र चर्को आलोचनामा प्रचण्ड लागि सकेका छन् । उनलाई प्रधानमन्त्री पदबाट बहुमत सदस्यको दबाबमा उतार्नका लागि नै उनीविरुद्धको खेमालाई अहिले अनेक बहानामा सक्रिय बनाइएको हो ।

नेकपाको प्रदेश कमिटीका सन्दर्भमा तयार पारिएको कार्यदलभित्र देखिएको विवाद, डा. गोविन्द केसीको सत्याग्रह प्रकरणमा सबैभन्दा बढी बोलेका नेकपा युवा नेता योगेश भट्टराईले नेकपा प्रदेश कमिटीलगायतलाई पूर्णता दिनका लागि बनाइएको रामबहादुर थापा बादल संयोजकको कार्यदलमा पनि फरक मत राख्नुलाई प्रचण्डले प्रयोगका रूपमा लिएका छन् ।

भट्टराई माधवकुमार नेपाल कित्ता छाडेर प्रचण्डनजिक छन् । यसैकारण पनि डा. केसीको सत्याग्रहका बेला दुर्गा प्रसाईको हितमा उनी जोडतोडका साथ उभिएका थिए । प्रसाईले ओली र प्रचण्डलाई घरमा खाना खुवाए पनि सम्बन्ध प्रचण्डसँग नजिक छ । प्रचण्डका हरेक घरेलु काममा पनि प्रसाईको सहयोग रहँदै आएको छ ।
समग्रमा १० प्रतिशत सदस्य थप्नुपर्ने प्रचण्ड रणनीतिलाई कार्यान्वयन गराउनका लागि भट्टराईको फरक मत र विवादीत तर्क आएको बताइएको छ । कार्यदलले सोही हिसाबमा काम गर्ने बताइएको छ । 


जावलाखेलमा बैठक राखी माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई आफ्नो पक्षमा उतारेका प्रचण्डले घुमाउरो पाराले बारम्बार चेतावनी दिँदै भन्छन्नेकपामा एउटा मात्र अध्यक्ष छैन 

ओली नजिकका एक जना पूर्वएमाले नेता भन्छन्,‘पार्टी एकीकरणको अर्थ नेतृत्व लिएर ठूलो जन संगठन भएको एमालेलाई आफू अनुकुलतामा चलाउने प्रचण्डको रणनीतिअनुसार अरु चल्न थालेका छन्, यो समस्या पनि त्यसै मध्येको एउटा जड हो ।प्रचण्ड अझ १० बर्ष सक्रिय राजनीतिमा रहनेछन् । यो उनले घोषणा गरिसकेका छन् ।
खासगरी भेनेजुएला प्रकरणमा अध्यक्ष ओलीले चिप्लिएको भनी दिएको अभिव्यक्तिमा काउन्टर जवाफ दिँदै पार्टीले निर्णय गरिसकेको, व्यक्तिका भनाईले तुक छैनभन्नु एउटा प्रयोग थियो ।

भेनेजुएला प्रकरणको विज्ञप्ति जारी गर्नुपूर्व ललितपुरको जावलाखेल बैठक थियो । उनले गोप्य भेला राख्दै माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई आफूतिर ढल्काएका छन् । त्यसैले हतारमा निर्णय गराइदिए । उक्त विज्ञप्तिलाई सचिवालयमा पनि बहुमतले मात्र पारित गरेको थियो । पार्टी सचिवालयको बैठक बालुवाटारमा राखी केही ओली र प्रचण्ड केही ढिलो पुग्दा नेता नेपाल, खनाल, गौतम र नारायणकाजी श्रेष्ठले बहिस्कार गरेका थिए ।

एउटा सार्वजनिक कार्यक्रममा द्वन्द्वकालिन मुद्दा व्युँताउने सरकारको तयारीबारे संकेत गर्दै प्रचण्डले भने,‘माओवादीलाई मिलाइयो र सक्कियो भन्ने कसैले सोचेको छ भने त्यो गल्ती हुन्छ, अर्को माओवादी जन्मिन्छ ।उनको संकेत संक्रमणकालिन न्यायका विषयमा पश्चिमा शक्तिले प्रधानमन्त्री ओलीलाई दिएको सुझावका आधारमा सरकारले काम अघि बढाइरहेको छ । स्विटजरल्यान्डमा कुटनीतिक नियोगविरुद्ध अभिव्यक्ति दिएका प्रधानमन्त्री ओली काठमाडौं आउनासाथ एकाएक परिस्थिति अर्को बनेपछि प्रचण्ड त्यो छटपटाहटमा थिए, उनले पूर्व मुख्य न्यायाधीवक्ता मुक्ति प्रधान लिखित पुस्तक सार्वजनिक गर्ने क्रममा यस्तो चेतावनी दिएका थिए ।

ओलीतिर...
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डले भेटवार्ता गरी एकताको सन्देश दिनेसहमती गरेका थिए । तर त्यो देखावटी मात्र रहेको कार्यकर्तामा सन्देश छरिएको छ । दुई तिहाई बहुमतको सरकार बनेको एक वर्ष पुग्नै लाग्दा प्रचण्ड पहिलो पटक सरकारको कडा आलोचनामा उत्रिए ।


सरकार विस्तारका बेला रुष्ट रहेका इश्वर पोखरेल खुलेरै सघाउन व्यस्त छन् भने पूर्वएमाले भित्रको सानो गुटले मात्र ओलीलाई सघाइरहेको छ

पार्टी एकता प्रक्रियादेखि नै प्रचण्डको विपक्षमा खरो उभिँदै आएका सचिवालय सदस्य इश्वर पोखरेलले र नेकपाभित्र ओलीप्रचण्डबीच देखिएको विवादको चुरो नेतृत्वको विषयमा रहेको प्रष्ट जनाएका थिए । उनले त सामाजिक सञ्जाल फेसबुकमा लामो वक्तव्य लेखेका थिए । जसले प्रचण्डको सांकेतिक आलोचना र ओलीलाई समर्थन गरेको थियो ।

कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैनल्याइनै हुँदैनलेखेका पोखरेलको तर्कको संकेत ओली नै नेता बन्नुपर्छ भन्ने हो । अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु¥याउन हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ’, भन्ने पोखरेलको आशय प्रचण्डको उदण्डता बढेको भन्ने नै हो । अझ उनले एमाले र माओवादी पछाडी फर्किने बाटो सक्किएको पनि बताएका छन् । पोखरेलबाहेक ओलीतिर महासचिव विष्णु पौडेल, शंकर पोखरेललगायतको पुरानै टिम लागेको छ । जुन टिम जावलाखेलको बैठकमा पुगेको थिएन । आधिकारीक विज्ञप्ति प्रकाशन गर्नका लागि ओलीबाहेकका टिम राखेर अध्यक्षको हैसियतमा प्रचण्डले निर्णय लिन सक्ने थिए । तर, उनले पनि बाइपास गरेपछि नेकपाको गुट स्पष्ट विभाजित भएको देखियो ।

Post a Comment

0 Comments