Subscribe Us

सेनाले प्रयोग गर्ने हतियार बिप्लबसँग, एलएमजी र एम–१६ सहित धरानबाट ब्यूरो सदस्य पक्राउ


काठमाडौं। एनसेलमाथि आक्रमण गरेर देशभर त्रास फैलाएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् ।
 एक नम्वर प्रदेश प्रहरी कार्यालयको बिशेष टोलीले धरानको पानमारा सडकखण्डमा मोरङको बेलबारी नगरपालिका-१० का देवकुमार लिम्बू 'सन्दीप' लाई एलएमजी मेसिन गन र अमेरिकामा निर्मित एम–१६ सहित पक्राउ गरेको हो ।
 सन्दीप विप्लवको पूर्वी ब्यूरो सदस्य रहेको खुलेको छ । प्रहरीले हतियार बरामद गरेपछि विप्लवका एक कार्यकर्ता भने भाग्न सफल भएको वताइएको छ । दुवै हतियार नेपाली सेनाले प्रयोग गर्दै आइरहेको हुँदा बिप्लबका कार्यकर्ताले कसरी उक्त हतियार लिए भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ।
 उक्त हतियारको बारेमा बुझ्न नेपाली सेनाको टोली पनि प्रहरीमा पुगेको छ । अत्याधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ परेपछि अहिले एक नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी केदार रिजालआँफै अनुसन्धानमा जुटेको वताइएको छ।
 रिजालले एक नम्वर प्रदेशमातहतका प्रहरी कार्यालयहरुलाई सुरक्षा सतर्कतामा कडाइ गर्न निर्देशन दिएपछि बिप्लबका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका हुन ।

Post a Comment

0 Comments