Subscribe Us

६ सय ४१ किलो लागुऔषधसहित एक महिला पक्राउ


धादिङ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले चरेससहित ठूलो मात्रामा लागूऔषधसहित एक महिलाला पक्राउ गरेको छ । टोलीले दक्षिणी धादिङको गजुरी गाउँपालिका७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

गजुरी गाउँपालिका७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङको घर र गोठमा राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले बताए । प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो ।

प्रहरीले छापा मार्दा चरेस ११० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३९० किलोग्राम, गाँजाको गेडासमेतको १०९ किलोग्राम बरामद गरी सुकुमायालाई पक्राउ गरिएको हो ।
प्रहरीले सुकुमायालाई प्रतिबन्धित लागुऔषधसम्बन्धी मुद्दा चलाउने जनाएको छ । 

Post a Comment

0 Comments