कपिलवस्तु । जिल्ला
प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक समेत र सशस्त्र प्रहरी बल समेतको
संयुक्त प्रहरी टोलीले विभिन्न हातहतियार सहित कपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर
बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार पक्राउ गरेको छ ।
उक्त
क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा संयुक्त
प्रहरी टोलीले खानतलासी गर्दा रोक्काले घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न
हातहतियार सहित उनलाई फेला पारेको हो ।
उनको
घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको १ सय ३१ राउण्ड, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु
१ बोरा (२५ केजी) बरामद भएको छ ।
हतियार
सहित फेला पारी निजलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेपछि प्रहरीले
नियन्त्रणमा लिन फायर गर्दा बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । उनलाई
उपचारको लागि बुटवलतर्फ लगिएको छ ।
0 Comments