काठमाडौं । तानाशाही प्रवित्तिले पार्टी सरकार चलाएको आरोप लागिरहेका बेला
प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता यस्तै व्यवस्था रहेको मुलुक कम्बोडियाको
भ्रमणमा निस्कन लागेका छन् । त्यहाँका तानाशाही, एकात्मक सोचबाटै शासन गरिरहेका प्रधानमन्त्री
हुन सेनको निम्तोमा ओली जान लागेका हुन् ।
दुईतिहाई बहुमतको हुंकारमा सत्ता र पार्टी अध्यक्षको हैसियतमा नेपाल
कम्युनिस्ट पार्टीका अन्य नेताको हुर्मत नै लिने गरी निर्णय गराएका ओलीमाथि
नेकपाका नेताले नै तानाशाही शैली भएको आरोप लगाएका थिए । र, उनको हरेक
निर्णयको साक्षी सोही शैलीका पक्षपाती रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
पनि छन् । जसको पार्टीभित्र तिव्र आलोचना भइरहेको छ ।
नेकपा एकजना नेता घनश्याम भुसालका भाषामा दैनिक सय जना भन्दा बढी ठग र दलाललाई
दैलोमा निम्तो दिएर पार्टीभित्र कम्युनिस्ट सिद्धान्तको हत्या गर्दै दुवै नेता ‘कम्युनिस्ट
तानाशाही’को शैलीमा
प्रस्तुत हुन थालेका छन् । यसको प्रमाण नीति तथा कार्यक्रमबारे संसदीय दलको बैठकमा
छलफल गर्न पाउनुपर्छ भन्ने आवाज उठाउने नेताहरू थिए ।
ओलीको एकल निर्णयको फेहरिस्त सुनाउन बैठक डाकेका सुवास नेम्वाङसँग रामकुमारी झाँक्रीले छलफल गर्न नदिई पास गर्नुको औचित्य नहुने भनी लोकतान्त्रिक पद्दतीको खोजी गरेकी थिइन् । उनले सरकार टिकाउन, सरकारका मनलाग्दी निर्णयमा सही छाप लगाउनका लागि मात्र सांसदको प्रयोग गरेको आरोप पनि लगाइन् ।
ओलीको एकल निर्णयको फेहरिस्त सुनाउन बैठक डाकेका सुवास नेम्वाङसँग रामकुमारी झाँक्रीले छलफल गर्न नदिई पास गर्नुको औचित्य नहुने भनी लोकतान्त्रिक पद्दतीको खोजी गरेकी थिइन् । उनले सरकार टिकाउन, सरकारका मनलाग्दी निर्णयमा सही छाप लगाउनका लागि मात्र सांसदको प्रयोग गरेको आरोप पनि लगाइन् ।
सांसदको स्वतन्त्र अधिकार खोसेर दुई नेताले गरेको निर्णयमा समर्थन गर्न ह्वीप
जारी गर्नुको कुनै औचित्य नरहेको बताउँदै उनले लोकतान्त्रि विधि र प्रक्रिया, छलफल र संशोधनका
विषयमा सांसदको राय समेट्नुपर्ने आक्रोशपूर्ण ढंगले विचार पनि राखेकी थिइन् ।
जसलाई नेकपा नेता जनार्दशन शर्मालगायतले साथ दिएका थिए । ‘बैठकमा सांसदले दुई नेताको कुरा सुन्नुपर्ने, आफ्ना राख्न नपाउने प्रवित्ति स्थापित भयो, यसैका विरोधमा नेताहरूले कुरा राख्नुभयो तर त्यो पनि नसुन्ने प्रवित्ति दुवै अध्यक्षमा देखियो । प्रचण्डले केही बोले जस्तो गर्नुभयो । तर, ओलीको निर्णयमा सबैले ल्याप्चे लगाउनुपर्ने ? यो सम्भव हुँदैन’, बैठकमा सहभागी एक सांसदे जनप्रहारसँग भने,‘ढोकेहरूको सुझावका आधारमा माक्र्सवादी सिद्धान्तको व्यवाहारिक प्रयोग होइन, तानाशाही प्रवित्तिको भनक आउँछ ।’
जसलाई नेकपा नेता जनार्दशन शर्मालगायतले साथ दिएका थिए । ‘बैठकमा सांसदले दुई नेताको कुरा सुन्नुपर्ने, आफ्ना राख्न नपाउने प्रवित्ति स्थापित भयो, यसैका विरोधमा नेताहरूले कुरा राख्नुभयो तर त्यो पनि नसुन्ने प्रवित्ति दुवै अध्यक्षमा देखियो । प्रचण्डले केही बोले जस्तो गर्नुभयो । तर, ओलीको निर्णयमा सबैले ल्याप्चे लगाउनुपर्ने ? यो सम्भव हुँदैन’, बैठकमा सहभागी एक सांसदे जनप्रहारसँग भने,‘ढोकेहरूको सुझावका आधारमा माक्र्सवादी सिद्धान्तको व्यवाहारिक प्रयोग होइन, तानाशाही प्रवित्तिको भनक आउँछ ।’
एकताको पूर्णता दिने नाममा पनि ओली र प्रचण्डको शाही शैलीको खरो आलोचना
भइरहेका बेला नीति तथा कार्यक्रमबारे पनि चर्को आवाज उठेको हो । जिल्लाका
पदाधिकारी चयन तलबाट हुनुपर्ने भए पनि भागवन्डाका आधारमा दुई नेताको मनोपोली बढेको
थियो । ‘संगठनको संरचना
तलबाट बनाउनुपर्ने, शाही शैलीमा माथिबाटै निर्णय सुनाएर टिका लगाइयो’, नेकपाका एक
नेताले भने,‘हुक्के, ढोके, चिलिमे, ठेकेदार, ठग, दलाल र
भ्रष्टसँग मितेरी साइनो, नाराचाहिँ– भ्रष्टाचारमा शून्य सहनशीलता भनेर भन्न पाइन्छ ? अनि हामीलाई
बाध्य पार्ने ?’
निरङ्कुश हुन सेनासँग ओलीका समानता
सरकारको आगामी बजेटको चिन्ता लिँदै काम गर्नुपर्ने ठाउँमा ओली तानाशाही
प्रवित्तिको मुलुकका प्रमूखको निम्तोमा कम्बोडिया जाँदैछन् । ‘कम्बोडियासँग न
हाम्रो ठूलो व्यापार छ न त्यत्रो आशा गर्ने अवस्था पनि छ । अहिले मुलुकमा
प्रधानमन्त्रीले देखाइरहेको चरित्र हेर्दा कम्बोडियाको भ्रमण अझ कसरी क्रुर बन्न
सकिएला भनेर सिक्नका लागि जान लागेको त होइन ? भन्ने आशंका छ’, नेकपाकै एक नेता भन्छन्,‘यसको उत्तर
दिनुपर्छ, जानुको उद्देश्य
खुलाउनुपर्छ ।’
कम्बोडियाली प्रधानमन्त्री हुन सेनले तीन दशकभन्दा लामो समय डर र हिंसामा
आधारित राजनीति जारी राखेका छन् । नेपालमा हिंसा कायम नभए पनि त्रासको राजनीति
गराउने क्रम सुरु भइसकेको छ । राजनीतिलाई मृत्युसँगको संघर्ष भन्ने गर्दछन् र उनको
भाषामा त्यो संघर्ष सधैं उनी र उनको विपक्षीबीचको हुन्छ । ओलीका पछिल्ला
अभिव्यक्ति र प्रहारले पनि प्रतिपक्षीलाई त्यस्तै व्यवाहार गरेको देखिन्छ । केही
साताअघि मात्र अभिव्यक्ति दिने क्रममा ओलीले भने,‘विचरा कांग्रेस कहाँ हरायो ?’
सन् २००५ को जुलाईमा भएको निर्वाचनमा हुन सेनले आफ्ना विपक्षीहरूलाई विद्रोही
र आतंककारी भन्दै जस–जसले चुनाव लड्ने योजना बनाएका थिए, उनीहरूले आफ्नो
कात्रो आफैं किनेर राख्नुपर्ने र आफ्ना परिवारलाई अन्तिम इच्छा भनिराख्नुपर्ने भनी
चेतावनी दिएका थिए । सन् २०१८ को कम्बोडियाको आमनिर्वाचनमा हुन सेन विपक्षी विना
नै एक्लै लडेका थिए । उनको मुख्य विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यु पार्टीलाई
निर्वाचनको एक वर्षअगाडि त्यहाँको उच्च अदालतले सरकार ढाल्ने षड्यन्त्र गरेको
आरोपमा प्रतिबन्ध लगाएको थियो । ‘अहिले संसद बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी
विप्लव समूहलाई ओली सरकारले प्रतिबन्ध लगाएको छ । यो क्रम नेपाली कांग्रेससम्म पनि
नआउला भन्न नसकिने अवस्था छ’, कांग्रेसका एक नेता भन्छन्,‘त्यहि सिक्नका
लागि जान लागेको त होइन ?’
गत चुनावमा हुन सेन तीन चौथाइभन्दा बढी मत ल्याएर प्रधानमन्त्री पदमा विजयी
भएका थिए । जसको अहंकारको छाप राज्यका अनेक निकायमा उनले पारेका छन् । दुई तिहाई
ल्याएको नेकपा अध्यक्ष ओलीको अहंकार पनि सोही शैलीमा अघि बढिरहेको छ । हुन सेनलाई
ह्युमन राइट्स वाचले गैरकानूनी हत्या, यातना, स्वेच्छाचारी पक्राउ र संघसंस्थाहरूमा प्रतिबन्ध
लगाएको आरोप लगाएको छ ।
ओली सरकारलाई सोही शैलीमा राष्ट्र संघ र विभिन्न युरोपेली मुलुकले
संक्रमणकालिन न्यायका सन्दर्भमा उचित जवाफ माग गरेको थियो । उनले कडा विरोध र
प्रतिक्रिया दिए । फेरि, पत्र लेखेरै सोही विषयमा उत्तर खोजिएको छ ।
सरकारले कुनै उत्तर दिएको छैन । अर्थात्, सेनकै शैलीमा ओली अगाडी बढेको प्रतीत हुने
विश्लेषकहरू बताउँछन् ।
कम्बोडियालाई सधैं नियन्त्रणमा राखिरहनका लागि हुन सेनले कैयौं दमनकारी
उपायहरू अपनाए । उनका विरोधी दलहरू र सञ्चारमाध्यमहरू उनका प्रमुख दुश्मन हुन् ।
ओली शासनको एक बर्ष वित्दा उनले नागरिकमाथि दमनको नीति अख्तियारी नगरे पनि
मिडियाकर्मी, साहित्यकार र विभिन्न पेशा आवद्धलाई प्रशासनको दबाबमा राख्ने क्रम सुरु
गरिसकेका छन् ।
तीन दशकभन्दा बढी कम्बोडियामा शासन गरेका हुन सेनले कम्बोडियाको
अर्थव्यवस्थाको ठूलो हिस्सा आफ्नो कब्जामा राखेका छन् । गरीब कम्बोडियनहरू चीनले
दिने दानमा आश्रित छन् । हुन सेनले आफ्ना तीनवटै छोराहरूलाई पार्टीको शीर्ष
नेतृत्व र सेनाको उच्च तहमा राखेका छन् ।
ओलीको शैली पनि यो भन्दा पृथक देखिएको छैन । नेपाली सेनालाई आफू माथाहतमा ल्याउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत मुलुकका शक्तिशाली संवैधानिक निकायलाई राख्ने प्रयास गरिरहेका छन् । सर्वोच्च अदालतमा उनको चाहनाअनुसारै विभिन्न फैसला भएका उदाहरण मध्ये सीके राउतको रिहाई र रेशमलाल चौधरीलाई सजाय पनि एक भएको मधेसवादी दलले आरोप लगाउँदै आएका छन् ।
ओलीको शैली पनि यो भन्दा पृथक देखिएको छैन । नेपाली सेनालाई आफू माथाहतमा ल्याउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत मुलुकका शक्तिशाली संवैधानिक निकायलाई राख्ने प्रयास गरिरहेका छन् । सर्वोच्च अदालतमा उनको चाहनाअनुसारै विभिन्न फैसला भएका उदाहरण मध्ये सीके राउतको रिहाई र रेशमलाल चौधरीलाई सजाय पनि एक भएको मधेसवादी दलले आरोप लगाउँदै आएका छन् ।
सन् १९५२ मा एक किसान परिवारमा जन्मेका हुन सेनले माध्यमिक तहको शिक्षा पनि
पूरा गरेका छैनन् । किशोरावस्थामा उनी खमेर रुज विद्रोहीका सिपाही बने । झन्डै
उमेरले पनि उस्तै रहेका ओली पनि तेह्रथुमको सामान्य परिवारमा जन्मिएका हुन्, उनले पनि
माध्यमिक तहको शिक्षा पूरा गरेका छैनन् ।
ढोकेको सल्लाह
हुन त १४ बर्ष जेल जीवन बिताएका प्रधानमन्त्री ओली आफूलाई लोकतन्त्रवादी
भन्छन् । यहि शैलीमा प्रचण्डसँगको उनको गठजोड पनि बेजोड बनेको छ । तर, उनको
कार्यशैलीचाहिँ शाही कम्युनिस्ट कै छ ।
उनी बाहिर जतिसुकै कम्युनिस्टवादी भए पनि भित्र सोही शैलीको रवाफमा बाँचेका
व्यक्ति हुन् । उनका खास भनिएका पात्रहरूले सम्बोधनमा ‘बुवा’ भन्छन् । खुट्टा
ढोग्छन् । आशिर्वाद लिन पुग्छन् । अरुको कुरा सुनाउँछन् । गरिसियोस्, खाइसियोस्
भन्छन् । यहि आत्मरतीमा रमाउँदै जाँदा उनलाई हुक्के र ढोकेले मुलुक बनाउनका लागि
अलिअलि तानाशाह हुनुपर्छ भन्ने सुझाव दिए । र, ओलीलाई सिंगापुर निर्माता लि क्वान बन्ने औधी
रहर छ । बालुवाटारस्थित उच्च स्रोतले भन्यो,‘लि क्वान बन्ने र लहड र रहरले उनले पार्टीभित्र
पनि अलोकतान्त्रिक पद्दती र तानाशाही शासन प्रयोग गर्न थाले ।’
सीमित घेरा र सीमित राजनीतिक व्यक्तिसँगको सल्लाहका आफ्नो नीजि इच्छाका आधारमा
ओली चलेका छन् । पार्टीमा प्रचण्डसँग मात्रै भलाकुसारी गर्ने, कमिटी र संगठनका
कुरा नसुन्ने, भ्रष्ट, ठेकेदार र व्यापारीसँग मात्र संगत गर्ने, विवादीत ठेकेदार र व्यापारीका घर–घरमा बैठक गर्न
पुग्ने ओलीको शैलीले देखाउँछ । ‘पछिल्ला दिनमा सरकार र पार्टीमा हुने निर्णयमा
ओलीले माक्र्सवादी सिद्धान्तको हौवा पिट्दै तानाशाही निर्णय गराउन थालेका छन्’, उच्च स्रोतले
भन्यो,‘यो नेपाली
राजनीतिमा गम्भिर विपत्तिको संकेत पनि हो ।’
0 Comments