Subscribe Us

निस्कन पाएको छैन छिर्ने हर्कत
नागराजको समूह नेपालमा सट्टेबाजी खेलाउन सक्रिय

काठमाडौं । बेलायतमा क्रिकेटको विश्वकप चलिरहँदा नेपालमा भने सट्टेबाजीको धन्दा मौलाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएसँगै बेलायतमा सुरु भएको क्रिकेट वल्र्ड कपको कारण काठमाडौंमा सट्टेबाजी अर्थात बुकीको धन्दा मौलाएको हो । काठमाडौंमा सट्टेबाजीको धन्दा चलाउनेमा क्यासिनो देखि खेलाडी र केही गुण्डाको समूहसमेत सतहमा देखिएका छन् ।

पछिल्लो समय क्यासिनो ¥याडले अबैध रुपमा क्यासिनोबाटै सट्टेबाजीको धन्दा चलाउँदै आएको छ । ¥याडले सट्टेबाजीमात्र नभई अनलाईन जुवा समेत खेलाउँदै आएको स्रोतको दाबी छ । क्यासिनोका केही कर्मचारीको मिलोमतोमा सट्टेबाजी र अनलाईन जुवाको धन्दा चल्दै आएको हो । उता पटकपटक सट्टेबाजीको आरोपमा पक्राउ परेका व्यक्ति नै पुनः यो धन्दामा सक्रिय भएका भन्दै अपराध महाशाखले अनुसन्धान अगाडी बढाएको छ ।

नेपालमा सट्टेबाजीको बिऊ रोप्ने मुख्य नाईके नागराज भन्ने अमित अग्रवाल भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भईसकेको छ । नागराजलाई गत बर्ष महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । अदालतले मागेको ५० लाख धरौंटी राखेर नागराज अहिले बाहिर छन् । उनको मुद्दा जिल्ला अदालत काठमाडौं र बिषेश अदालतमा बिचाराधिन छ ।

स्रोतका अनुसार नागराज कै चेलाहरूले सट्टेबाजीको धन्दालाई तिव्र रुपमा अगाडी बढाउँदै आएका छन् । यस्ता धन्दामा सक्रिय दुई दर्जन व्यक्तिलाई प्रहरीले कानुनको दायरामा ल्याए पनि फितलो कानुनको कारण सहजै उन्मुक्ति पाउँदै आएका छन् ।

स्रोतका अनुसार विश्वकपमा पाँच हजार देखि २५ लाखसम्म सट्टेबाजीको नाममा जुवा राख्ने जुवाडे काठमाडौंमै छन् । गत बर्ष सट्टेबाजीको आरोपमा एक दर्जन व्यक्ति पक्राउ परेका थिए । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, नागराजका खास सहयोगी गौरव तिवारी, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल लगायत थिए ।

अहिले यो समूह पुनः सट्टेबाजीको धन्दामा फर्किएको भन्दै महाशाखाले अनुसन्धान सुरु गरेको हो । महाशाखाका एसएसपी सहकुल थापाले सट्टेबाजीका गिरोहमाथी सुक्ष्म रुपमा अनुसन्धान भईरहेको बताए । सट्टेबाजीका गिरोहले आईपीएल तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । डि कम्पनी अर्थात अण्डरल्र्ड डन दाउद ईब्राहिमले सञ्चालन गर्दै आएको सट्टेबाजी धन्दाका कारण बर्षेनी करोडौं रुपैंया बिदेशिने गरेको छ ।

नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेठ्ठी भनिने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरिक हुन् ।

Post a Comment

0 Comments