काठमाडौं
। धुमुर्स–सुन्तली
फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट
रंगशालाबारे आर्टिकल लेख्ने जनप्रहार साप्ताहिकका प्रधान सम्पादक विनोद ढकाललाई
ज्यान मार्ने धम्की आएको छ ।
ढकाललाई
सो रंगशालाबारे लेखेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक संजालमार्फत् ज्यान
मार्ने धम्की दिएको ढकाललाई उधृत गर्दै फ्रिडम फोरमले जनाएको छ । उनी लाहुरी टिभी
तथा दैनिक नेपाल अनलाईनसँग आबद्ध छन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा
बनाउन लागेको अन्तर्राष्ट्रिय रंगशाला क्षेत्रमा लगाइएको जस्तापाताको बारलाई केही
दिनअघि स्थानीयहरुले डोजर चलाएर भत्काएपछि पत्रकार ढकालले विभिन्न कोणबाट
त्यसको समीक्षा गरी दैनिक नेपाल अनलाईनमा प्रकाशन गरेका थिए ।
उनको
लेखमा रंगशाला निर्माणको आवश्यकता, जिम्मेवारी लगायतका विषयहरु
समावेश गरिएको भन्दै ज्यान मार्ने धम्की आएको बताइएको छ । सो लेख गत मे ३१ का दिन
प्रकाशित भएको थियो ।
फ्रिडम
फोरमसँग टेलिफोन संवादमा पत्रकार ढकालले रंगशालाका विरुद्धमा टिप्पणी गरेको भन्दै
आफूलाई धेरै तिरबाट ज्यानमार्ने धम्की आएको बताएका छन् ।
फ्रिडम
फोरमले एक विज्ञप्ती जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रता पूर्वक
आफ्नो बिचार तथा अभिव्यक्त गर्न पाउने संवैधानिक व्यवस्थाविरुद्ध भएका यस्ता
घटनाको भत्र्सना गरेको छ । साथै फोरमले सरकार तथा
सम्बन्धित सरोकारवालासँग पत्रकारको ज्युधनको ग्यारेण्टी गर्न मागसमेत गरेको छ ।
0 Comments