Subscribe Us

बैकिङ्ग कसुर मुद्दामा फरार अपराधी पक्राउ


काठमाडौं, १० भदौ । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका ११ बस्ने ५५ वर्षीय प्रभात बिक्रम थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले १५ दिन कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गल्कोपाखाबाट पक्राउ गरेको हो ।

आर्थिक व्यवहार मिलाउने भनी ८ लाख ५० हजार रुपैयाँ ऋण लिएको र सो रकम भुक्तान गर्नका लागि पर्याप्त रकम  नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी चेक फिर्ता भएको बैकिङ्ग कसुर मुद्दामा उनलाई उच्च अदालतबाट उक्त सजाय भएको थियो ।

थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Post a Comment

0 Comments