Subscribe Us

‘मानव बेचविखनविरुद्ध आम जनता चनाखो हुनुपर्छ’


काठमाडौँ, १९ भदौ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध आम जनता चनाखो हुनुपर्ने बताइएको छ ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवसको अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा मानव बेचविखन मुलुकको ठूलो समस्या हुँदै गएकाले यसलाई रोक्न सबै नागरिक एकजुट हुनुपर्ने बताइएको हो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजधानीको मुख्य नाका नागढुङ्गा मानव बेचबिखनको ट्रान्जिट पोइन्टको रुपमा रहेको बताउँदै मानव बेचविखन रोकथामका लागि सुरक्षाकर्मी चनाखो हुुनुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय चेलीवेटी वेचविखन विरुद्ध समुदायमा जनचेतना जोगाउने खालका गतिविधिलाई विद्यालय स्तरवाटै उठान गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । 
चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सिङ्गो नगरपालिका भित्र मौलाएको विकृति र विसङ्गती विरुद्ध सवै समाजका हरेक नागरिक एकताबद्ध तवरले लाग्नुपर्ने बताउनुभयो ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरू गरिएको हो ।

मानव बेचविखन विरुद्धको पदयात्रामा चेलीबेटी बेचबिखन मुक्त समाज बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो ।

Post a Comment

0 Comments