Subscribe Us

वान मिस, करिअर फिनिस !

काठमाडौं । सम्बन्धित पीडितले अदालतमा घटना भएको होइन, मैले गलत आरोप लगाएकी हुँ या अरु केही भन्दा निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष सावित हुन सक्लान् तर कसले पत्याउला ? 

यहि प्रश्नबाट महराको आगामी राजनीतिक भविष्य खरानी भएको प्रमाणित हुन्छ । उनलाई डेरा दिन कोही तयार छैन, अब ।

महराका विषयमा जति प्रचारमा आएका विवरण छन् त्यसले नागरिकमा एउटा विचारको प्रवाह गरिसकेको छ । पीडित भनिएकी रोशनी शाहीले जति नै बयान फेरे पनि सत्य बोले पनि अब समाजले महराको राजनीतिक भविष्यलाई त्यहि ट्रयाकमा ल्याउन दिँदैन । 

यसलाई भन्छ– एक मिस करिअर फिनिस । तैपनि महराले पनि शाहीको डेरा अगाडिसम्म पुगेको, पहिलेदेखि चिनजान भएको भन्ने बयान दिइसकेका छन् । परिचयभित्रको यो घेरासहित चर्चामा आएका कतिपय भिडियो, एसएमएस, महराको कल, शाहीसँग भएका दोहोरो संवाद, सीसीटिभी फूटेजले राजनीति सिध्याइदिएको छ । 

न्याय पाए पनि नपाए पनि महराको एक मिसले करिअर फिनिस बनाएको छ । उनको मात्र होइन, उनीसँग जोडिएका परिवारका सदस्यदेखि आफन्तको शिर पनि निहुराएको छ । रक्सीको ताललले छोरा चढ्ने गाडीमा तीनकुने छिर्दा महराले निस्कनै नसक्ने नैतिक जन्जालको समस्यामा फँस्नुप¥यो । ‘अहिले अरुलाई दोष दिएर हुँदैन, आफूले गरेका अपराधका विषयमा हेक्का नहुनेगरी गल्तीमाथि गल्ती गर्ने काम किन गरेछन् ?’, पूर्वमाओवादीका एक नेता भन्छन्,‘महराको यहि गल्तीले उनको राजनीतिक भविष्य खरानी भएको हो, अरु दोषी छैनन् ।’

१३ असोजमा काठमाडौंको तीनकुनेमा शाहीको डेरामा भएको घटनामा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेले बन्द इजलासमा महराको बयान लिएका थिए । महराले सो क्रममा आफू शाहीको कोठामा नपुगेको, त्यस ठाउँमा उत्रिएको बयान दिए । त्यतिमात्र होइन, महराले आफू निर्दोष रहेको सावित गराउनका निम्ति शाहीको पछिल्ला पटक आएका दुई भिडियोलाई प्रमाणका रुपमा पनि पेस गरे  । महराविरुद्ध बोलेको भिडियो अघिल्लो दिन सार्वजनिक भएपछि दबाबमा रहेका शाहीले भोलीपल्ट नागरिकखबर डटकम र अन्नपूर्ण पोष्टका लागि दिएको भिडियोलाई महराले आफू निर्दोष रहेको प्रमाणका रुपमा पेस गरेका छन् । 

जबकि, सरकारी वकिलको कार्यालयले शाहीको अघिल्लो दिनको भिडियो, महराको फोन कल, म्यासेज, सीसीटिभी फुटेज, चश्माको टुक्रालगायतका प्रमाण पेस गरेको छ । प्रहरीले ७ बर्ष कैद र जरिवानासहितको राय दिएर प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले भने ५ बर्ष थुनाको मागदाबी सहित मुद्दा दर्ता गराएको थियो । 


Post a Comment

0 Comments