Subscribe Us

पूर्वाञ्चल कल्याणकारी परिषद्को सभापतिमा तिवारी र शाही


काठमाडौँ, १७ मंसीर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत भ्याली कलेज अफ टेक्नीकल साइन्स कलेजको विद्यार्थी कल्याणकारी परिषद्मा नेपाल विद्यार्थी संघका नेता देवेन्द्र तिवारी चयन भएका छन् ।

नेविसंघका नेता पुरन रोकाया (सुदामा)को नेतृत्वमा तिवारीको सभापतित्वमा उप सभापति कृष्ण बोगटी, सचिव ब्रेकफास्ट महतो, सहसचिव ऋचा तण्डुकार, कोषाध्यक्षमा सुशील ढकाल, सदस्यमा कमल विक, प्रदीप विक, पारस शाक्य, मनिष अधिकारी भएका छन् । यस्तै, पूर्वाञ्चलकै होप इन्टरनेशनल कलेजमा विनोद शाही सभापतिमा चयन हुनुभएको छ ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य मनिष डङ्गोल, नेविसंघका नेता आङ निमा शेर्पाको सहयोगमा दुईवटा कलेजमा विजय हाँसिल गरेको हो ।

Post a Comment

0 Comments