Subscribe Us

समाजसेवी पोखरेल : चित्रेपोखरीका विद्यार्थीलाई न्यानो कपडा वितरण (तस्बिरसहित)


काठमाडौँ, ७ पुस । गोरखाको सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरी माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ ।

मित्रनगर टोल तथा सुधार समितिका अध्यक्ष एवम् समाजसेवी विष्णु पोखरेलले व्यक्तिगत रुपमा उक्त विद्यालयमा २०० थान न्यानो कपडा वितरण गर्नुभएको हो ।


छोप्राक निवासी पोखरेलले आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ विद्यार्थीलाई सहयोग गरेका हुन् । कार्यक्रममा समाजसेवी पोखरेलले जाडोको समयमा विद्यार्थी कठ्याङ्ग्रीएर पढ्न नपरोस् भन्ने उदेश्यले उक्त कपडा वितरण गरेको जानकारी दिनुभयो ।


Post a Comment

0 Comments