Subscribe Us

इरान–अमेरिका तनावमा नेपालको चासो, नेपालको यस्तो अनुरोध

काठमाडौं । इरानी कुद्स सेनाका कमाण्डर कासिम सुलेमानीको हत्यापछि जारी इरान–अमेरिका तनावमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेपालले युद्ध हुने सम्भावनाप्रति चिन्ता जनाउँदै जारी तनाव वार्ताबाट समाधान गर्न अनुरोध गरेको छ ।



बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिका र इरान दुबै देशलाई युद्ध टाल्न वार्ताबाट समाधान खोज्न अनुरोध गरेको छ ।

साथै खाडीमा रहेका नेपालीप्रति चिन्ता जनाउँदै मन्त्रालयले सुरक्षित रहन नेपाली नागरिकलाई पनि अनुरोध गरेको छ ।

Post a Comment

0 Comments