Subscribe Us

सरकारी एम्बुलेन्सबाट ३० किलो गाँजा बरामद

मकवानपुर । ३० किलो ६ सय ग्राम लागू औषध गाँजा र नेपाली रूपैयाँ रू ९१,०००  तथा भारतीय रूपैया २,२००सहित एम्बुलेन्स चालक र थप दुई जना पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा   रौतहट डुमरीया नगरपकलिका  वडा नंम्बर ९ बस्ने  ३९ वर्षिय एम्बुलेन्स  चालक  महमद खलिद, उक्त एम्बुलेन्समा सवार रौतहट डुमरीया नगरपालिका  वडा नंम्बर ४ बस्ने १९ वर्षिय अशोक कुमार र  भारतको बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने  २२ वर्षिय बिनोद सहनी रहका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नं; १९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको टोलिले अवैध गाजाँ र नगद बरामद गरेको हो ।

डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नं को सरकारी एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा ३ वटा झोला भित्र अवैध रुपमा ल्याउदै गरेको  ३० किलो ६ सय  ग्राम लागू औषध गाँजा र नगद।फेला परेको ईलाका प्रहरी कार्यालय नेवारपानिले जनाएको  छ । 

Post a Comment

0 Comments