Subscribe Us

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी नामावली प्रकाशन

काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली बुधबार प्रकाशन गरेको छ ।

 आयोगले सातै प्रदेशमा उम्मेदवारको नाम प्रकाशन गरेको हो । राष्ट्रिय सभा १८ सदस्यका लागि ९ माघमा निर्वाचन हुँदै छ ।

त्यसका लागि सातै प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेहरूले बिहीबार बिहान १० बजेदेखि मध्यान्ह चार बजेसम्म सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ ।

Post a Comment

0 Comments