Subscribe Us

२१ किलो गाँजा सहित मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब २१ किलो लागूऔषध गाँजा सहित सुनसरी ईटहरी नगरपालिका-१५ बस्ने १८ वर्षीय सागर पाण्डे र धादिङ रोराङ नगरपालिका-१ बस्ने सोनम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकीबसपार्कबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना।५ ख ४९० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments