Subscribe Us

वडा कार्यालय आगजनी

सल्यान । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नंम्बर ५ को वडा कार्यालयमा आगजनी गरेका छन् । कार्यालयका पन्जीकरणसम्बन्धी  सम्पूर्ण कागजपत्रसहित महत्वपूर्ण सामग्री कम्प्युटर, प्रिन्टर, सोफा, दराज, लगायत जलेर नष्ट भएका छन् ।



कार्यालय सहयोगी पदमबहादुर बिकले शुक्रबार बिहान १० बजे कार्यालय खोल्दामात्रै आगजनीले कार्यालयमा क्षती पुर्याएको थाहापाएको बताएका छन् । आगजनी भएको देख्‍नेबित्तिकै वडाअध्यक्ष यमबहादुर बस्नेतलाई खबर गरेको उनले जानकारी गराए । आगजनीका कारण सेवा प्रवाह रोकिएको छ ।



जिल्ला प्रहरी कार्यालय सल्यानले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । कसले लगाएको भन्ने बारेमा तत्काल केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले बताए ।

Post a Comment

0 Comments