Subscribe Us

खसआर्यलाई २८ प्रतिशत आरक्षण दिन नेकपा सांसदको माग

 काठमाडौं । खसआर्यलाई २८ प्रतिशत आरक्षण दिन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  का सांसदहरुले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ मा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

हाल राष्ट्रियसभामा दर्ता भएको गुप्तचरसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक (विशेष सेवा विधेयक)
मा खसआर्यलाई आरक्षण छैन । संविधानमा भएको व्यवस्थालाई समेत बेवास्ता गरी विधेयक तयार पारिएको भन्दै नेकपाका सांसदहरु ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौड्याल, नन्दा चपाईं, खिमकुमार विश्वकर्मालगायत १३ जनाले खसआर्यलाई २८ प्रतिशत आरक्षण दिन माग गरेका हुन् ।





नेकपा सांसदहरुले आदिवासी जनजातिलाई २५ प्रतिशत, मधेशीलाई २२ प्रतिशत, खसआर्यलाई २८ प्रतिशत, दलितलाई १३ प्रतिशत, थारुलाई ५ प्रतिशत, मुस्लिमलाई ३ प्रतिशत र पिछडिएका क्षेत्रलाई ४ प्रतिशत आरक्षण दिनुपर्ने माग गरेका छन् । महिलालाई छुट्टै आरक्षण नभनी प्रत्येक क्लस्टरमा ३३ प्रतिशत दिनुपर्ने संशोधनको प्रस्तावमा उल्लेख छ ।

Post a Comment

0 Comments